मत-विमत

मलमासमा एकादशीको महिमा, किन बस्ने व्रत ?

रमादेवी पौडेल २०७७ असोज २७ गते ७:१० मा प्रकाशित

रमादेवी पौडेल

कुनै पनि मन्त्रोच्चारण गर्दा यसले हाम्रो शरीरमा शक्ति उत्पन्न गर्दछ र यसलाई ब्रह्माण्ड वा हाम्रो वातावरणमा नै सञ्चार गर्नुपर्ने हुन्छ । यसरी यो शक्ति सञ्चारपछि तत्स ब्रह्मर्पण मस्तु मन्त्रको उच्चारण गर्दै तर्पणका रूपमा ब्रह्माण्डमै प्रदान गर्न सकिन्छ । अथवा, आशीर्वादको रूपमा यो शक्तिलाई हाम्रा इष्टमित्र तथा परिवारजनसम्म पनि पु¥याउन सकिन्छ । ब्रह्माण्डमा तर्पणको रूपमा प्रदान गर्दा, हामी स्वयम्लाई ब्रह्माण्डले पुनः शक्ति प्रदान गर्छ ।

वैदिक सनातन धर्मदर्शनमा एकादशीको ठूलो महत्व छ । त्यसमा पनि मलमासमा पर्ने एकादशीको त धेरै नै ठूलो महत्व छ । सामान्यतया वर्षमा २४ वटा एकादशी हुन्छन् तर पुरुषोत्तम मास (मलमास) भएको वर्ष एकादशीको संख्या बढेर २६ हुने गर्दछ । यसरी मलमासमा थपिने २ एकादशीमा परमा र पद्मिनी एकादशी पर्दछन् । पद्मिनी एकादशी १५ दिन अघि दियो । परमा एकादशी आज हो । परमा एकादशीलाई हरिवल्लभा एकादशी पनि चलन छ ।

परमा एकादशीको मुल मन्त्र हो ‘ॐ नारायण विद्महे वासुदेवाय धिमही थन्नो विष्णु प्रचोदयत ।’ यसको अर्थ हुन्छ, मलाई भगवान् नारायणको शरणमा पर्न देऊ, भगवान वासुदेवले मलाई सद्बुद्धि प्रदान गरुन् र भगवान् विष्णुले मलाई ज्ञानको ज्योति प्रदान गरुन् । कुनै पनि मन्त्रोच्चारण गर्दा यसले हाम्रो शरीरमा शक्ति उत्पन्न गर्दछ र यसलाई ब्रह्माण्ड वा हाम्रो वातावरणमा नै सञ्चार गर्नुपर्ने हुन्छ । यसरी यो शक्ति सञ्चारपछि तत्स ब्रह्मर्पण मास्तु मन्त्रको उच्चारण गर्दै तर्पणका रूपमा ब्रह्माण्डमै प्रदान गर्न सकिन्छ । अथवा, आशीर्वादको रूपमा यो शक्तिलाई हाम्रा इष्टमित्र तथा परिवारजनसम्म पनि पु¥याउन सकिन्छ । ब्रह्माण्डमा तर्पणको रूपमा प्रदान गर्दा, हामी स्वयम्लाई ब्रह्माण्डले पुनः शक्ति प्रदान गर्छ । धार्मिक हिसाबले मात्र नभई स्वास्थ्यको हिसाबले पनि एकादशीको व्रत प्रभावकारी हुने भएकाले यसले भलो नै हुन्छ । अबको तीन वर्षपछि मात्र पुनः परमा एकादशी आउनेछ ।

कृष्ण र युधिष्ठिरको संवाद
युधिष्ठिर महाराजले प्रश्न गर्दछन्, हे जनार्दन पुरुषोत्तम मासको कृष्ण पक्षमा पर्ने एकादशी कुन हो ? यसको व्रत कसरी लिने अनि यसको महिमा के हो ? श्री कृष्णले कम्पील्य नगरको एकजना साधुबाट आफूले सुनेको एउटा व्रतकथा सबिस्तार सुनाउनुहुन्छ । कम्पील्य नगरमा एकजना भक्त ब्राह्मण सुमेधा र उनको श्रीमती पवित्रा निवास गर्दथे । सुमेधा अत्यन्त गरिब थिए र मागेर आफ्नो परिवारको पेट भर्दथे । यसरी मागेर गुजारा चलाउने सुमेधाको घरमा कहिल्यै पनि पर्याप्त स्रोत साधन जुट्न सक्दैन थियो तथापि उनको अत्यन्त सुन्दरी स्त्री पवित्रा सदैव आफ्नो पतिको सेवा र साथ दिने गर्दथिन् । आफ्नो पूर्वजन्मको पापबाट अत्यन्त दरिद्र अनि कष्ट सहन गर्नुपर्ने पवित्राको भाग्य हुन्छ, कतिपय अवस्थामा त पाहुनाहरूलाई आफ्नो खाना दिएर आफू भोकै पनि उनी बस्नुपरेको हुन्छ । यति हुँदा पनि पवित्राको मुखको कान्ति र सहनशीलतामा कुनै कमी भने आउँदैन ।

गरिबीको कारणले पत्नीको कष्ट देखेर एकदिन सुमेधाले पत्नीसँग सल्लाह गर्दछन् कि यस कष्ट निवारण गर्न उनी अब परदेश जानेछन् र धनआर्जन गरी ल्याउनेछन् भनेर । सुमेधाले आफू धनीहरूकोमा धन माग्न जाँदा पनि कसैले धन नदिएको अनि घरपरिवार चलाउन धन जरुरी भएको व्यक्त गर्दछन्, अब कष्ट निवारणका लागि परदेश गएर कुनै उद्यमा गर्ने अनि धन लिएर फर्की आई कष्ट हरण गर्ने निर्णयका लागि उनले पवित्राको विचार माग्दछन् । सुमेधाका अनुसार बिद्वानहरूले पनि उद्यमको प्रशंसा गरेका छन्, मनुष्यलाई भाग्य नभइकन स्वर्ण नमिल्ने र पूर्वजन्ममा जो मनुष्यले विद्या र भूमिको दान गरेको हुन्छ उसलाई मात्र यस जन्ममा विद्या र भूमि प्राप्त हुने पनि बताँउछन् । विधाताले भाग्यमा लेखेको कुरा टाल्न नसकिने कुरा सुमेधाले पवित्रालाई बताँउछन् ।

पवित्राले आफू आफ्नो पतिको जुनै निर्णयमा पनि साथ रहेको बताँउछिन् तथापि पवित्राको आशय पतिलाई एक्लै परदेश पठाउने कुराको समर्थनमा हुँदैन् । र त्यसै समय कौडिन्यमुनी उनीहरूको घरमा आइपुग्छन् । मुनीलाई आफ्नो गक्षअनुसार स्वागत सत्कार गरेर पतिव्रता पवित्राले दरिद्रताको हरण गर्ने उपायका बारेमा प्रश्न गर्दछिन् । पुरुषोत्तम मासको कृष्ण पक्षको परमा एकादशीको व्रत महिमालाई दरिद्रता नाश अनि समस्याको मुक्तिसँग जोडेर मुनीले क्रमशः सुमेधा र पवित्रालाई ब्याख्या गर्दछन् । यस एकादशीको व्रतले पाप, दरिद्रता अनि हानीक्षयसँग जोडेर मुनीले ब्याख्या गर्दछन् ।

यसै व्रत लिनका लागि भगवान् शिवले धनका राजा कुबेरलाई भनेको कुरादेखि यसै एकादशीको व्रतका कारणले राज्य अनि घरबार प्राप्त गरेका राजा हरिशचन्द्रसम्मका उदहारण मुनीले सुमेधा र पवित्रालाई बताँउछन् । यसरी यस परमा एकादशीको व्रत मनोहर कथा श्रवण गरेपछि सुमेधा र पवित्राले यसै अनुरूप गर्दछन् र उनीहरूको कष्ट र दरिद्रता निवारण भएको भनी एकादशी महात्म्यमा उल्लेख गरिएको पाइन्छ । कताकता सुमेधाको कथा अहिलेको नेपाली परिवेशसँग मिलेको पनि भान हुनेरहेछ, कमाइका लागि विदेश जाने सोच अनि भाग्यले नदिएको साथ आदि ।

परमा एकादशी व्रत विधी

एकदिन अगावै अर्थात दशमीबाटै तामसी भोजन नगरी शुद्ध भएर र भोगविलासमा बन्देज गर्दै ब्रह्मचर्य पालन गर्नुपर्दछ । बिहानै पतिपत्नी उठेर स्नान गर्ने र संभव भएसम्म पतीपत्नी दुबैका आमाबुबा पनि यस व्रतविधिमा सहभागी हुन जरुरी मानिन्छ । एकादशी महात्म्यको कथा श्रवण, भोजन नगरी भक्तिभावमा लीन हुने अनि तनमन दुबैको शुद्धीकरण गरेर व्रत बस्न आव्हान गरिएको पाइन्छ ।

एकादशीको भोलीपल्ट द्वादशीमा सकल परिवार प्रात स्नान गरेर अनि पञ्चरात्रिकी व्रत बस्न र दानपुण्य गर्न जरुरी रहेको बताइन्छ । धन अनि समृद्धिका लागि यस एकादशीको महिमा जति अन्य कुनै एकादशीको महिमा पाइन्न, तीन वर्षमा एकफेर आउने भएकाले यस एकादशी विशेष अनि अत्यन्त फलदायी पनि मानिन्छ भनी एकादशी महात्म्य अनि स्कन्द पुराणमा पनि उल्लेख गरेका पाइन्छ । यस एकादशीलाई ऋण मोचन गर्ने फलसँग पनि जोडेर हेरिन्छ ।

यस एकादशीमा भगवान् विष्णुलाई पूmल, धूप, बत्तीलगायत हाते पंखा पनि चढाउने चलन छ । नजिकैको विष्णु मन्दिरमा जाने अनि भक्तिभावका साथ हरिको नाम उच्चारण गर्ने भजन गाउने, दानपूण्य गर्नेलगायत विष्णुसहस्त्रानाम समेत पढ्ने गरिन्छ । यस एकादशीको भक्तिपूर्वक व्रत लिने कसैलाई पनि दुःख नहुने भनी एकादशी महात्म्यमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय