विराटको उत्कृष्ट प्रदर्शन : अनुष्कालाई जस !

दिल्ली । विराट कोहलीका लागि यो शनिबार खास थियो । ब्याटिङको स्टाइल खास, मुहारमा मुस्कान खास । खुसी जताउने स्टाइल पनि खास र चेन्नईविरुद्ध मिलेको जीत पनि खास । रोयल च्यालेन्जर्स बैंग्लुरुका कप्तान विराट कोहलीले शनिबार आईपीएलको १३ औँ सिजनको सबैभन्दा ठूलो व्यक्तिगत स्कोर (नटआउट ९० रन) बनाए । उनको कप्तानीमा बैंग्लुरुले चेन्नई सुपर किंग्सविरुद्ध अहिलेसम्मको सबैभन्दा ठूलो जीत (३७ रनले) हासिल गरे । रोयल च्यालेन्जर्स बैंग्लुरुका फ्यानहरुले कोहलीको यो ‘खास’ प्रदर्शनको कारण खोजेका छन् ।फ्यान्सका अनुसार विराट कोहलीको ‘स्पेसल शो’ को जस कसैलाई मिल्छ भने उनी अनुष्का शर्मा हुन्, विराटकी पत्नी ।

अनुष्का शनिबार दुबईमा भएको खेलका दौरान मैदानमा उपस्थित थिइन् । बैंग्लुरु र विराट कोहलीका एक फ्यान दाबी गर्छन् – जब ब्रोडकास्टरले क्यामेराले अनुष्काको अनुहार देखाए, खेल १८० डिग्रीमा बदलियो । यद्यपि, म्याचको दिशा बदल्नमा अनुष्काको उपस्थिति प्रेरणाको कति कारण बन्यो भन्ने कुरा नाप्न कठिन होला तर यो सत्य हो कि बैंग्लुरु र विराट कोहलीको पारीको दौरान शनिबार दुई प्रकारको अन्दाज देखियो ।

बैंग्लुरुको टोलीले १६ ओभरमा मात्र १०३ रन बनाएको थियो । तब विराट कोहलीले ३० बलमा ३४ रन बनाएका थिए । तर, आगामी २२ बलमा विराटले ५६ रन बनाए र कूल ५२ बलमा उनले ९० रन जोडे । अन्तिम चार ओभरमा बैंग्लुरुले ६६ रन जोडेर १६९ को स्कोरमा पुग्यो । दुबईको असमान उछाल भएको विकेटमा यो स्कोरलाई राम्रो भनियो । विराट कोहली र बैंग्लुरुका फ्यानहरुको प्रश्न पनि उठाए – जब विराट कोहलीको नाकामीका लागि अनुष्कामाथि उठाइन्छ भने यो जबरजस्त प्रदर्शनका लागि उनलाई किन जस नदिने ?

अन्ततः जीतको जस विराटको खातामा दर्ता भयो र उनको टोलीले दुई अंक बटुल्यो । दोस्रो तर्फ हर खेलमा खास गर्ने उम्मिद गरिएका महेन्द्रसिंह धोनी फेरि एकपटक असफल रहे । बैंग्लुरुको पारीको १६ औँ ओभरसम्म सफल देखिएका धोनी त्यसपछि फेल खाए । अन्तिम चार ओभरमा विराट र शिवम दुबेले उनको मिहिनेतमा पानी खनाइदिए । ब्याटिङ पनि उनी असफल रहे । उनले ६ बलमा मात्र १० रन बनाउन सके ।

प्रतिक्रिया