एनआईसी एशियाका कार्डधनी लाई सुजुकी मोटरसाइकल खरिदमा छुट

काठमाडौ । एनआईसी एशिया बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले भिजि अटोमोवाइल्स प्रालिबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी साधन खरिद गर्दा १२ हजार रुपैया नगद छुट तथा ३ हजार रुपौय नगद फिर्ता गरी कुल १५ हजार रुपैया छुट प्राप्त गर्ने समझदारी भएको छ ।

सो सम्बन्धी सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा भिजि अटोमोवाइल्सको तर्फबाट उप–महाप्रबन्धक धिरज भट्टराईले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन । बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले भिजिको शोरुमबाट सुजुकी ब्राण्डका दुई पाङ्ग्रे सवारी खरिद गरेमा १५ हजार रुपैया रकम छुट प्राप्त गर्ने समझदारीपत्रमा उल्लेख छ । यो योजना २०७७ मंसिर ५ सम्म लागु हुनेछ ।

प्रतिक्रिया