डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । इन्डियन आयल कार्पोरेशन (आईओसी) बाट अक्टोबर १ तारिखमा आएको मूल्य सूची अनुसार डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटेको हो ।

बिहीबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल र मट्टीतेलको मूल्य घटेसँगै यसको खुद्रा विक्री मूल्य ८९ रुपैयाँ भएको छ । निगमका अनुसार यस पटक आईओसीले डिजेलको मूल्य घटाए पनि पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको खरिद मूल्य बढाएर पठाएको छ ।

भारतबाट बढेर आए पनि निगमले पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको निगमको विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया