ड्रग्स केसमा चार अभिनेता मुछिए

मुम्बई । अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरणपछि बलिउडमा चार चर्चित अभिनेताको नाम ड्रग्स केसमा जोडिएको छ । यसअघि भारतीय नायिकाहरुको नाम जोडिदै आएको थियो । तर अहिले यो केसमा चार बलिउड अभिनेताको नाम एकैपटक जोडिएको खबर बाहिरिएको छ । एनसिबी अनुसन्धानका क्रममा चार बलिउड अभिनेता शाहरुख खान, रणवीर कपुर, अर्जुन रामपाल र डिनो मोरिया रहेको मुछिएको हो ।


दैनिक भाष्करले एनसिबीका अधिकारीको स्रोतलाई उदृत गर्दै जनाएअनुसार अभिनेता अर्जुन रामपालले शाहरुखलाई ड्रग्स सप्लाई गर्ने काम गर्दै आएका थिए । यसअघि बलिउड अभिनेत्रीको मात्र नाम ड्रग्स केसमा जोडिएको थियो । दिल्लीका एनसिबी अधिकारीले नाम नछाप्ने सर्तमा बलिउडका चर्चित अभिनेताको ड्रग्स कनेक्सनबारे खुलासा गरेको भारतीय समाचार माध्यमले जिकिर गरेका छन् । एनसिबी अधिकारीसँगको कुराकानीको पूर्ण विवरण भास्करसँग सुरक्षित रहेको समेत जनाइएको छ ।

ती अधिकारीले बलिउड अभिनेताको नाम लिँदा कोड प्रयोग गरेका थिए । उनले ए, डि, आर र एस कोडमा नामहरु बताएका थिए । उनले ‘ए’ को अर्थ अर्जुन रामपाल, ‘डि’ को अर्थ डिनो मोरिया, ‘आर’ को अर्थ रणवीर कपुर र ‘एस’ को अर्थ शाहरुख खानको नाम रहेको संकेत गरेका हुन् । ती अधिकारीका अनुसार रामपालले शाहरुखका लागि ड्रग्स सप्लाई गर्दै आए पनि डिनो मोरिया लगायतका अभिनेताको बारेमा भने अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया