कोभिड–१९ vs षडानन्द नगरपालिका

सन् २०१९ को अन्त्यतिर छिमेकी मुलुक चीनको वुहान राज्यमा जतिबेला कोभिड–१९¬(कोरोना)को संक्रमण बढ्दै थियो, हाम्रो देश नेपालमा पनि एक खालको आतंक बढ्दै थियो नेपालमा पनि प्रवेश गर्छ कि भनेर । पहिलोपटक चीनबाट सुरु भएको कोभिड–१९¬(कोरोना) संक्रमण केही समयमै विश्वका ठूला मुलुकहरूमा पनि फैलिन थाल्यो । अब नेपाल पनि भाइरसबाट अछुतो रहँदैन भन्दै नेपाल सरकारले ०७६ चैत ११ गतेदेखि देशभर लक डाउनको घोषण गर्यो ।  नेपाल सरकारले लक डाउनको घोषणा गरेसँगै भोजपुरको षडानन्द नगरपालिकाको पनि सम्पूर्ण कामकाज ठप्प भयो । चैत महिना विकास निर्माण धमाधम हुने समय हो । स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारले विनियोजन गरेको बजेट तथा समयमै काम सक्नका लागि महत्वपूर्ण समय पनि हो चैत महिना हो । त्यस्तो महत्वपूर्ण समयमा समेत विकास निर्माणका अधिकांश कामकाजहरू ठप्प भए । समयमै निर्माण सामग्री निर्माण स्थलमा पु¥याएका उपभोक्ता समिति र निर्माण व्यवसायीहरूले मात्रै काम गरिरहेको स्थिति थियो, त्यसमा पनि डरैडरमा ।

११ चैतमा षडानन्द नगरपालिकाको आकस्मिक बैठकले क्वारेन्टिनस्थल निर्माण गर्ने निर्णय ग¥यो । जसका लागि उपयुक्त ठाउँ दिङ्ला अस्पतालको लागि भनेर निर्माण गरिएको भवन थियो । जहाँ अस्पताल सञ्चालन नहुदाँसम्मको लागि नगरपालिकाका करिब १२÷१५ जना कर्मचारीहरू बसेका थिए । सोही भवनमा क्वारेन्टिनस्थल निर्माण गर्ने भएपछि त्यहाँ बसेका कर्मचारीहरू कोठा खोज्न दिङ्ला बजारमा प्रयास गरे, तर, यहाँ उनीहरूले कोठा पाएनन् । अन्त्यमा उनीहरूको बसाइँ दिङ्लामा नै रहेको एक होटलमा भयो ।

कर्मचारी त्यहाँबाट निस्किसकेपछि भवन सरसफाइको गरियो, नगरपालिकाले आवश्यक सामग्री खरिद गर्यो, र चैत ११ गते नै क्वारेन्टिन निर्माण भयो षडानन्द नगरपालिकामा । नगरपालिकामा क्वारेन्टिन निर्माण भएको यो नै पहिलो हो । पहिलो भएकाले क्वारेन्टिनमा के के चाहिन्छ थाहा थिएन् । सरकारले क्वारेन्टिनको आधारभूत मापदण्डसमेत तोकेको थियो त्यसैलाई आधार मानेर क्वारेन्टिन निर्माण त भयो तर स्वास्थ्य मन्त्रालयले तोके बमोजिम आवश्यक सामग्री र मापदण्ड भने नगरपालिकाले ५० प्रतिशत पनि पूरा गर्न सकेन । स्रोत र साधनको अभावले चाहेर पनि आवश्यक सामान खरिद गरेर ल्याउन सम्भव थिएन ।


सरकारले भने हप्तै पिच्छे लक डाउन थप्दै थियो । नगरपालिका घर भएर अन्यत्र बस्नेहरू घर फर्कंदै थिए । बाहिरबसेका मानिस आएका कारण संक्रमण फैलन नपाओस् भनेर यस नगरकार्यपालिका, स्थानिय विपत् व्यवस्थान समिति सरोकारवाला लगायतको बैठकले नगरपालिका क्षेत्रमा प्रवेश गर्नेले अनिवार्य रूपमा १४ दिन क्वारेन्टिनमा बस्नैपर्ने निर्णय गर्यो । सोहीअनुसार नगरपालिकाले व्यवस्थापनको कार्य तीव्र पार्दे नगरपालिकाका सीमा नाकाहरूमा स्वास्थ्यकर्मी सहितको हेल्थ डेक्स निर्माण गरी नाकाहरू बन्द गर्यो ।  सुरुका दिनमा ठूला संख्यामा क्वारेन्टिनस्थल चाहिँदैन भन्ने सोचेर दिङ्ला हस्पिटलमा ३० श्ययाको क्वारेन्टिन बनाएको थियो । तर, त्यसले हप्ता दिन पनि धान्न सकेन । नगरपालिका बाहिर रहेका धेरै मानिस घर फर्किएपछि त्यसमा अटाउन सकेन र थप क्वारेन्टिन बनाइयो । पछि थपिएका क्वारेन्टिनमा शारदा आधारभूत विद्यालय वोयाको भवन, अरुण माध्यमिक विद्यालय, षडानन्द माध्यमिक विद्यालय, सावित्रा माध्यमिक विद्यालय, सन्त सावित्रा माध्यमिक विद्यालय, सन्त मावि, महेन्द्रोदय माध्यमिक विद्यालय वोया, महेन्द्रोदय माध्यमिक विद्यालय देउराली, सरस्वती माध्यमिक विद्यालय साङपाङ, कुुलुङ समाजको भवन नेपालेडाँडा, देउराली स्वास्थ्यचौकीको भवन लगायतका विद्यालय तथा सामाजिक संघसंस्थाका भवनलाई क्वारेन्टिन बनाइयो ।

बाहिरबाट आउनेले क्वारेन्टिनमा बस्नुपर्ने निर्णय हुँदै वडा–१ नेपाले डाँडामा सम्भवतः विदेशबाट एक नागरिक आइसकेका थिए । उनी बिरामी परेपछि स्वास्थ्यकर्मीको टोलीले घरैमा गएर उपचार गरी उनकोे कन्ट्राक्टटे«सिङ गरेको थियो । ती बिरामीमा कोरोनाको लक्षण देखिएको र उनी संक्रमति आएकै हवाइजहाजमा आएको आशंकामा चैत १३ गतेदेखि ११ जना स्वाथ्यकर्मी क्वारेन्टिनमा बस्नुपरेको थियो । उनमा कोरोना देखिए उनको उपचारमा खटिएका स्वास्थ्यकर्मी संक्रमित हुन सक्ने र त्यसबाट अरूलाई सर्ला भन्नेमा नगरपालिका सचेत थियो ।


यहि बेला केही सञ्चार माध्यमले सबै स्वास्थ्यकर्मी क्वारेन्टिनमा बसेपछि सम्पूर्ण सेवा ठप्प भन्दै अफवाह फैलाए । यसले स्थानीयमा भ्रम र नकारात्मक दृष्टिकोण बढेको थियो । तर, नगरपालिकाले भने स्वास्थ्यकर्मीलाई अग्र स्थानमा खटाएर सेवा दिइरहयो, अझै निरन्तर जारी छ । स्वास्थ्यकर्मी पनि आफ्नो जिम्मेवारीबाट पछि हटेनन् । वर्षे झरीमा आरडिटी गर्न खुट्टामा ठेला उठाउँदै वोया, साङपाङ, कुदाककाउले, नेपालेडाँडा जानु, फर्केर दिङ्ला आउँदा होटलले वास नदिनेजस्ता अनेक समस्या उनीहरूले झेल्नु प¥यो । क्वारेन्टिनमा राखिएको मानिसहरू भाग्ने र उनीहरूको खोजीमा समेत स्वास्थ्यकर्मी नै खटिनुपर्ने अवस्था थियो ।

नगरपालिकाले संक्रमण रोक्न हात धुने साबुन, कोभिड–१९ सचेतनामूलक पर्चा पम्प्लेटहरू वितरण ग¥यो । वडाहरूले आफ्नो वडाका नागरिकहरूलाई मास्क वितरण ग¥यो भने इलाका प्रहरी कार्यालय, वडा कार्यालय र नगरपालिकाको समन्वयमा सचेतनामूलक माइकिङसमेत गरेको थियो । जसको नेतृत्व इलाका प्रहरी कार्यालयले लिएको थियो ।  स्वास्थ्यकर्मी अग्र स्थानमा खटिए पनि उनीहरूले सबै काम भ्याउन नसक्ने भन्दै नगरपालिकाले नौ सदस्यीय क्वारेन्टिन व्यवस्थान समिति बनायो । सो समिति क्वारेन्टिनमा रहेका नागरिकहरूको सेवा सुविधामा रात दिन खटे । यस्तै दैनिक ज्याला मजदुरी गर्ने नागरिक भोकै बस्न नपरोस् भनी १४ वटै वडाका विपन्न नागरिकलाई चामल वितरण ग¥यो । साबुन पानी र मास्कको अनावश्यक विज्ञापनले यी समानको मूल्य केही हदसम्म बढेकै हो । भाइरसको बारेमा सचेतनामूलक जानकारी दिन, स्वास्थ्य सुरक्षामा ध्यान दिने, पर्चा पम्प्लेट छाप्ने, देखि हरेक साना तथा ठूला कामहरू स्थानीय तहको जिम्मेवारीमा रहेको थियो । त्यसलाई यस नगरपालिकाले पनि जिम्मेवारी पूरा गर्दे आएको छ ।


यस्तै सीमामा अलपत्र परेका नागरिकलाई ल्याउने, विदेशमा रहेका र स्वदेश फर्कन चाहनेलाई फर्काउने र क्वारेन्टिन निर्माण तथा व्यवस्थापन चुनौतीपूर्ण थियो त्यसलाई नागरिकको हितमा कामा जुटिरह्यो । राहत माग्ने विपन्न नागरिकको कमि थिएन । उनीहरूको आवश्यकता पूरा गर्नु नगरपालिकाको दायित्व थियो । स्थानीय तहका हरेक विद्यालयहरू क्वारेन्टिन भरिँदै गर्दा, स्वास्थ्यकर्मीलाई आवश्यक पिपिइ सेट खरिद, थर्मल गन, मास्क ग्लोब्स जस्ता आवश्यक सामग्रीहरू खरिद गर्नु नगरपालिकामा भने बजेटको समस्या थियो । आउने स्रोत थिएन, आएको अनुदानहरू वाडफाँड भइसकेको थियो । केही सामग्री मात्रै दाताले सहयोग गरेका थिए ।

नगरपालिकासँग आफ्नै व्यवस्थापनमा २ सय ७० जना पुरुष र ९४ जना महिला गरी ३ सय ६४ जनालाई १४ दिनसम्म क्वारेन्टिनमा राखेर आरडिटी गरेको, ९ सय ३५ जनालाई होम क्वारेन्टिनमा राखिएको तथ्यांक छ । क्वारेन्टिनमा राखिएका मध्ये एक जनामा आरडिटी पोजेटिभ आएको थियो । त्यतिको नागरिकलाई क्वारेन्टिनमा व्यवस्थापन गर्नु नगरपालिकाको चुनौती थियो, त्यो चुनौतीको सामाना गर्दै अहिलेको स्थितिमा आइपुगेको छ ।


लकडाउन खुल्ने सम्भावना थिएन्, विश्वका विभिन्न देशसहित छिमेकी मुलुक भारत र नेपालमा पनि हरेक दिन सक्रमित बढदै थिए । बढदो संक्रमण देखेर सरकारले निरन्तर लकडाउन बढाइरहेको थियो । यस नगरपालिकाको सुखद पक्ष मान्नुपर्छ चैतदेखि भदौ तेस्रो हप्तासम्म कसैमा पनि कोभिड–१९ पोजेटिभ देखिएन । नगरपालिकाभित्र पोजेटिभ नदेखिएपछि स्थानीय माहोल शान्त हुँदै थियो, बजार पसल छिटफुट रूपमा खुल्न थालेका थिए, कार्यालय सञ्चालन हुुन थालेको थियो, जनजीवन सहज बनेको अनुभूति भएको थियो ।

तर, दुःखको कुरा भदौ २२ गते एकैदिन पाँच जना कोरोना संक्रमित भेटिए । यसले यहाँको माहोल एकाएक फेरियो । नगरपालिका सिल भयो, बजार पसलहरू बन्द भए फेरी एकपटक जनजीवन असहज बन्यो । त्यसको भोलिपल्टै संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरूको पिसिआर रिपोर्ट भने नेगेटिभ आयो । यसरी हेर्दा नगरपालिका क्षेत्रमा समुदायस्तरमा संक्रमण फैलन पाएको रहेछ । नगरपालिकाले दिएको असोज ९ सम्मको रेकर्डमा ९८ जनाको पिसिआर भएको छ भने ९३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अहिले संक्रमितहरू कोरोना जितेर घर फर्किसकेका छन् । सोही अवधिमा नेपाल सरकारले लकडाउन खोल्ने निर्णय ग¥यो, आन्तरिक तथा बाह्य उडानहरू सञ्चालन भए, लामा तथा छोटा दुरीका सवारी साधनहरू चल्न थाले र यहाँको जनजीवन भने सहजतातर्फ अगाडि बढिरहेको छ तर डरैडरका बीचमा ।


मुलुकमा तीन तहको सरकार छन् । यी मध्ये जनतासँग सबैभन्दा नजिकको स्थानीय सरकार हो । कोभिड–१९ को महामारीमा स्थानीय सरकारले गरेको कामले पनि सरकार जनतासँग जोडिएको सबैभन्दा नजिकको सरकार हो भन्ने कुराको व्यवहारिक पुष्टि गरेको छ । उद्धार, राहत, बजार अनुगमन लगायतका कार्यमा स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी आदिलाई समेत कोरोना संक्रमणको जोखिम थियो । साँझ बिहान बजारमा निस्कनुपर्ने, कार्यालय खोल्नुपर्ने, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँग ओहोरदोहोर भइरहने र राहतका काममा लाग्दा जनतासँग घुलमिल हुने र संक्रमितको आशंका भएकालाई क्वारेन्टाइनसम्म ल्याउँदा उनै जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र तिनका परिवारसमेत संक्रमणको जोखिममा पुगेका थिए, तर त्यसलाई थाती राखेर नागरिकको सेवामा उनीहरू खटिरहे । कठिन अवस्थामा सबै क्षेत्रका जम्मिेवार निकायले आफ्नो कर्तव्य पूरा गरे ।

कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले लकडाउनको घोषणा गरेपछि षडानन्द नगरपालिकाले पनि समग्रमा प्रभावकारी भूमिका नै खेलेको छ । विदेश तथा आफ्नै देशका विभिन्न जिल्लाबाट आएका नागरिकको व्यवस्थापनका लागि क्वारेन्टिन निर्माण, आरडिटी तथा पिसिआर परीक्षण, स्वास्थ्यकर्मीको तयारी र लक डाउनकै अवधिमा सुरक्षा सावधानीसँगै दैनिक गतिविधि सञ्चालनमा नगरपालिकाले महत्वपूर्ण भूमिका खेलको स्पष्ट छ । त्यसैको फलस्वरुप आजका मितिसम्म समुदाय स्तरमा कोभिड–१९ फैलिएको छैन ।

केन्द्रीय सरकारले विभिन्न नीति तथा योजना बनाउँछ । तर कार्यान्वयनको पक्षमा भने स्थानीय सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ, गरिरहेको छ । प्रत्येक घरघरको जानकारी र को कहाँबाट, कहिले आयो ? भन्ने सम्मका सबै विवरण स्थानीय सरकारसँग हुन्छ, हुनुपर्छ, सम्भवतः छ पनि । शंकास्पद व्यक्तिको कन्ट्याक ट्रेसिङसम्मका काममा पनि स्थानीय सरकार बढी सक्रिय हुनुपर्छ र रहेको पनि छ । यसरी समस्याको समाधान गर्दैं जाँदा पनि षडानन्द नगरपालिकाले अनेकन आरोप प्रत्यारोप खेप्नु प¥यो । स्थानीय तहले कसरी त्यत्रो ठूलो खर्च धानो, कसरी क्वारेन्टिन व्यवस्थान गर्यो, हरेक समस्यको सामाधान कसरी ग¥यो होला ! भन्न छोडेर क्वारेन्टिनमा बस्ने मध्ये केहीले खानेबस्ने राम्रो व्यवस्था नभएको भन्दै आरोप लगाए, निर्मलीकरण गरेका ओढ्ने ओछ्याउने एक अर्कोले प्रयोग गर्न मानेन्, कसैले रिचार्ज कार्डसम्म मागे र कसैले फलफूल नदिएको भन्दै विरोध गरे अझ कुनै समुहले स्वास्थ्यकर्मीलाई आक्रमण गर्न तम्सिए । जे जे कार्यमा उत्रिए सबै नगरपालिका भित्रकै स्थानीय नागरिक थिए ।

मान्छे लैलैमा लागेर केसम्म गर्छ भन्ने कुरा बजारका नागरिकले गरेको कार्यले देखाउँछ । उक्साहटमा लागेर नगरपालिका र स्थानीय जनप्रतिनिधिलाई गाली गर्न पनि पछि परेनन् केही मान्छे । कोरोना रोकथाम र नियन्त्रणमा कैयौँ शक्तिशाली मुलकसमेत फेल भइरहेको अवस्थामा आफूहरूले राम्रो काम गरिरहेको दाबी गर्दै जनस्तरबार भएको आलोचना स्वीकार गर्न केन्द्रीय सरकारसमेत तयार नभएको अवस्थामा स्थानीय सरकारको कमजोरी केलाउनु उपयुक्त नहुन सक्छ । अधिकार र स्रोत साधनको आधारमा समेत सीमित क्षमता हुने स्थानीय सरकारहरूबाट मात्र उत्कृष्ठताको अपेक्षा गर्नु कति सान्दर्भिक होला ?

यस्तै चुनौतीका बीचमा षडानन्द नगरपालिकाले सबै समस्याको समाधान गरेर अगाडि बढिरहेको छ । अग्रपंक्तिमा स्वास्थ्यकर्मी देखिए पनि नीति निर्माण गर्ने जनप्रतिनिधि र अन्य कर्मचारीहरूको भूमिकासँगै स्थानीय नागरिकहरूको भूमिका पनि महत्वपूर्ण हुन्छ । यो एउटा विपत्ती हो यस विपत्तीको सामना गर्न स्थानीय सरकारको मात्रै मुख ताक्नु, जनप्रतिनिधि, कर्मचारी, स्थानीय तहले काम गरेन भनेर चोकमा बसेर चिया गफमा आलोचना गर्नुभन्दा नगरपालिकालाई रचनात्मक सल्लाह, सुझाव दिएर सबैले एक भएर अघि बढ्नु उपयुक्त हुन्छ । सरकारका विभिन्न तहका जनप्रतिनिधि र सबै नागरिकले स्थानीय सरकारलाई साथ र सहयोग दिनु अवश्यक छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान, यातायात बन्द हुनु, उद्योगधन्दा कलकारखाना चल्न नसक्नु, रोजगारीका अवसरहरू गुम्नु, विदेशमा रहेका नागरिकहरू स्वदेश फर्कनु, बेरोजगारी समस्या बढदै जानु, विपन्न असहाय तथा मजदुर वर्गलाई खान लाउनको समस्या हुनु, कोरोना भाइरसको संक्रमणबाहेक अन्य सामान्य बिरामीको उपचारमा समस्या आउनु, अत्यावश्यक कार्यमा समेत आवतजावतमा असहजता आउनु, स्वास्थ्यकर्मी लगायतका अन्य राष्ट्रसेवक र नागरिकहरूमा त्रासदी लगायतका कारण अर्थतन्त्र कमजोर हुँदै जानु कोरोना प्रभावले निम्त्याएका समस्याहरू हुन् ।

यस्तै समस्याले नगरपालिकामा अनेकन चुनौती थपिएको छ । रोजगारीका अवसरहरू कसरी श्रृजना गर्ने, बेरोजगारी समस्यालाई कसरी हल गर्ने, गाउँ फर्केका नागिरकहरूलाई सुरक्षित तवरले घरसम्म कसरी पु¥याउने, कोरोना भए नभएको परिक्षण कसरी छिटोछरितो र प्रभावकारी वनाउने, क्वारेन्टिन तथा आइसोलेसनलाई कसरी व्यवस्थित गरी मापदण्डअनुसार सञ्चालन गर्ने, कोराना संक्रमितको उपचारलाई कसरी व्यवस्थित बनाउने जस्ता विषयमा स्थानीय नागरिकले जनप्रतिनिधिलाई सकारात्मक र रचनात्मक सुझाव दिनुपर्छ ।

मुलुकमा लकडाउन खुलेको छ । षडानन्द नगरपालिकामा पनि वैदेशिक रोजगारीमा गएका वा स्वदेशका विभिन्न भागमा रहेका नागरिक घर फर्कंदै छन् । खास गरी चाडपर्वको समय भएर पनि घर फर्कन धेरै छन् । उनीहरूको व्यवस्थापन नगरपालिकाको मुख्य चुनौती बनेको छ । उनीहरूलाई कृषि उत्पादन र रोजगारीमा लगाउन सकिएन भने भोलि त्यहिबाट विद्रोह र अपराध मौलाउने संभावना हुनसक्छ । विदेशबाट फर्किएकाप्रति स्थानीय बासिन्दाहरूको नकारात्मक दृष्टिकोण विकास भइरहेको छ । उनीहरूलाई सामाजिक बहिष्कारसम्मका घटना देखापरेका छन् । यस्तै सोचको विकास हुँदै गयो भने घर छोडेर बाहिर जानेप्रति समाज असहिष्णु हुँदै जाने खतरा छ । तसर्थ, यस्ता प्रवृत्तिलाई न्यूनीकरण गर्न जनप्रतिनिधि तथा कर्मचारीहरूले निश्चित दुरी कायम राखेर भेटघाट गर्ने, सान्त्वना र परामर्श दिने काम गर्नुपर्छ । शंकास्पद संक्रमित र भर्खर विदेशबाट फर्किएकाले सेल्फ क्वारेन्टिनमा बस्नु उपयुक्त विधि हो र यसको कार्यान्वयन गर्न अनुगमन जरुरी छ ।

विश्व नै संकटमा रहेको बेला षडानन्द नगरपालिका पनि यस महाव्याधीबाट अछुतो छैन । हामीले स्मरण गर्नैपर्छ, संसारमा ठूलाठूला राजनीतिक क्रान्तिपछि परिस्थिति बदलिएको छ । देशहरू विकसित बनेका छन् । यस्तै परिवर्तनबाहेक ठूला प्राकृतिक प्रकोप र महामारीको सामना गरेपछि समाज एवं राष्ट्र बदलिएको छ । त्यसैले कोरोना भाइरसले सिर्जना गरेको वातावरणले नयाँ ढंग सोच, नयाँ गन्तव्य पहिल्याउन हामीलाई बाध्य बनाइको छ । हाम्रो जस्तो विकासोन्मुख नगरपालिकाको लागि यो कोरोना संकटको चुनौतीसँग निकट भविष्यमा नयाँ अवसरका ढोका खोल्ने सुवर्ण मौका पनि यही हो । यस चुनौतीलाई समाधान गर्नु सबैको साझेदारी समन्वय र एकताको आवश्यकतामा निर्भर हुन्छ । यसरी कोराना संक्रमणले चुनौती र अवसर एकै साथ लिएर आएको छ । यस्ता चुनौती र अवसरलाई पहिचान गरी विद्यमान आर्थिक र सामाजिक संकटबाट माथि उठ्न सकिन्छ । यसका लागि सबै तहका सरकारले अल्पकालीन र दीर्घकालीन योजना बनाउनु जरुरी छ ।

प्रतिक्रिया