बुधबार समेत कावासोती र हुप्सेकोटका विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने

कावासोती । बुधबार समेत कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिका क्षेत्रका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रको ११ केभी कावासोती फिडरबाट वितरण भएको क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने कावासोती वितरण केन्द्रले जनाएको छ ।

सो फिडरको राइट अफ वे मा रहेका रुखका हाँगाबिँगा काट्ने कार्यका लागि विद्युत सेवा अवरुद्ध गर्नुपरेको वितरण केन्द्रद्वारा जारी सुचनामा जनाइएको छ । प्राधिकरणको कावासोती फिडर अन्तर्गत कावासोती नगरपालिकाका वडा नं ४ को हसौरा र वडा नं ५ का विभिन्न स्थान र हुप्सेकोट गाउँपालिकाको वडा नं १,२ र ३ का विभिन्न स्थानमा असोज १४ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणका कर्मचारी लालहरि उपाध्यायले बताए । साथै समयमै काम सम्पन्न भएमा तोकिएको समय भन्दा पहिले नै विद्युत सुचारु हुन सक्ने समेत उपाध्यायले बताए ।

प्रतिक्रिया