मिराको ‘के हो मायाजाल’ मा पिएनको ठुम्का

काठमाडौं । लोकदोहोरी गायिका मिरा गिरीले आफ्ना दर्शक स्रोताको लागि कोसेली स्वरुप नयाँ गीत ‘के हो मायाजाल’ ल्याएकी छन् । उक्त गीतमा गायिका गिरी र अर्का गायक दिपसागर थापा मगरको आवाज रहेको छ ।

मारुनी स्टुडीयोमा रेकर्ड गरिएको गीतमा गायक थापाले नै शब्द रचना र संगीत भरेका छन् । आफ्नो जन्मदिनको अवसर पारेर गीत र भिडियो सार्वजनिक गरेको गायिका मिराले जानकारी दिइन् ।

गीतको भिडियोमा मोडल पिएन सापकोटाले धमाकेदार नृत्यको साथ ठुम्का लगाएर अभिनय गरेका छन् । उनको साथमा सरिता मगर र कल्पना गिरीको पनि अभिनय रहेको छ । बलकुमार मगरले एक्लै भिडियोको निर्देशन, छायांकन र सम्पादन गरेका हुन् भने सुनील कुमार मगरको कोरियोग्राफर रहेको छ ।

गायिका गिरीको आफ्नै युट्यूब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ । मायाप्रेमका विषयवस्तु गीतमा समावेश गरेर मौलिक गीतको भिडियो बजारमा ल्याएको समेत उनले जिकिर गरिन् ।

प्रतिक्रिया