ग्लोबल आइएमईको ‘मेरो उनी’ मुद्धति खाता

काठमाडौ । ग्लोबल आइएमई बैंकले महिलालाई आर्थिक रुपमा शसक्त र स्वतन्त्र बनाउने उद्देश्यले ‘मेरी उनीलाई’मुद्दति खाता योजना सञ्चालनमा ल्याएको छ ।  ‘मेरी उनीलाई’ मुद्दति योजनाले,महिलाका नाममा बचत गर्न, महिलालाई बचतमा अभ्यस्त बनाउन , व्यक्तिगत खाता बाहक महिलालाई राम्रो प्रतिफल प्रदान गर्न र आर्थिक रुपमा महिलालाई सबल बनाउन, सहयोग पुर्याउने बैंकले जनाएको छ ।

एक लाख रुपैयाँ भन्दा बढी रकममा खोल्न सकिने ‘मेरी उनीलाई’ मुद्दति योजनामा वार्षिक ९ प्रतिशत सम्म ब्याज पाइने बैकले जनाएको छ । यो योजनामा ६ महिनादेखि ५ वर्ष सम्मको अवधिको लागि खोल्न सकिने बैकले जनाएको छ । बचत गर्ने बानीलाई प्रोत्साहन गर्न यो योजनामा आवश्यकता अनुसार रकम थप गर्न पनि सकिने व्यवस्था रहेको छ ।

बैंकले यो खातासँगै निशुल्क डेबिट कार्ड, लकर शुल्कमाशतप्रतिशत छुट, मुद्दति बचतको ९० प्रतिशतसम्म ऋण सुविधा र दश लाख भन्दा बढी रकमको मुद्दति खाता खोल्ने ग्राहकलाई प्रिभिलेज कार्ड उपलब्ध गराउनेछ । यस योजनाअन्तर्गत मुद्दति खाताखोल्ने ग्राहकहरुले होम लोनको प्रोसेसिङ शुल्कमा शतप्रतिशत छुट पाउने छन भने निश्चित रकम सहित मुद्दति खाता खोल्ने प्रतिवद्धता गरेमा ग्राहककै घरदैलोमै पुगेर सेवाउपलब्ध गराउने पनि बैकले जनाएको छ ।

मुद्दति खाता खोल्दा महिलाको आत्मविश्वास बढ्ने, परिवारमा सन्तुष्टि र खुशील्याउने र महिलालाई सामाजिक, आर्थिक र मानसिक रुपमा सबल बनाउनेमा बैक विश्वस्त रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया