कोरोनाका कारण स्वास्थ्यकर्मीको मृत्यु

पर्सा । कोरोना भाइरस संक्रमणबाट सोमबार एक जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । मृत्युु हुने स्वास्थ्यकर्मी महोत्तरी जिल्लाको सरपलो स्थायी घर भई पर्साको जगरनाथपुर गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखमा कार्यरत सेनियर अहेब ५८ वर्षीय रामसिकल साह रहेका छन् ।

काठमाडौंको बुढानीलकण्ठस्थित करुणा अस्पतालमा उपचाररत साहको सोमबार बिहान साढे ८ बजे मृत्यु भएको उनका ज्वाइँ सन्तोष साहले जनाएका छन् । जगरनाथपुर गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक परबेन्द्र साहका अनुसार एक महिना पहिले जनकपुरमा छोरी सुत्केरी भएपछि भेटन गएका साहको स्वास्थ्यमा समस्या भएपछि पिसिआर परीक्षण गर्दा उनको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।

कोरोना पुष्टि भएपछि जनकपुरकै कोभिड अस्पतालमा उनलाइ भर्ना गरिएको थियो । तर, स्वास्थ्यमा सुधार नआएपछि आफन्तले साहलाई तीन हप्ता पहिले काठमाडौं लिएर गएका थिए । काठमाडौंको विभिन्न अस्पताल डुलाउँदा पनि कसैले भर्ना लिन नमानेपछि उनलाई बुढानीलकण्ठस्थित करुणा अस्पतालमा भर्ना गरिएको थियो ।

त्यहाँ पुनः उनको पिसिआर परीक्षण गर्दा भने रिपोर्ट नेगेटिभ आएको थियो । उपचारकै क्रममा ७ असोजमा फेरि उनको स्वाब परीक्षण गर्दा भने रिपोर्ट पोजिटिभ आएको थियो । करुणा अस्पतालकै भेन्टिलेटेरमा राखेर उपचार भइरहेका बेला सोमबार बिहान साढे ८ बजे मृत्यु भएको स्वास्थ्य शाखा संयोजक प्रबेन्द्र साह ले जानकारी दिएका छन् । पर्सामा कोरोनाले स्वास्थ्यकर्मीको मृत्यु भएको यो पहिलोघटना भएको स्वास्थ्य संयोजक प्रवेन्द्र साहले जनाएका छन् ।

प्रतिक्रिया