श्रीमान् विरुद्ध पूनमको उजुरी

मुम्बई । बलिउड अभिनेत्री तथा मोडल पूनम पाण्डेले श्रीमान्विरुद्ध उजुरी गरेकी छन् । उनले सेम्टेम्बर १० मा साम बम्बेसँग बिहे गरेकी थिइन् । उनीहरु बिहेपछि हनिमुन मनाउन गोवा पुगेका थिए । तर, आफ्ना श्रीमानले आफूलाई दुव्र्यवहार गर्दै धम्की दिएको भन्दै पूनमले मंगलबार गोवा प्रहरीमा उजुरी दिएकी हुन् ।

पूनमको उजुरीपछि प्रहरीले सामलाई पक्राउ गरेको छ । भारतीय सञ्चार माध्यमका अनुसार, दक्षिण गोवाको क्यानाकोन भन्ने गाउँमा पूनम आफ्नो नयाँ चलचित्रको छायांकन पनि गरिरहेकी थिइन् ।

पूनमले सोमबार बेलुकी प्रहरीमा दिएको उजुरीमा सामले उनलाई कुटेको र गम्भिर परिणाम भोग्ने धम्की दिएको उल्लेख छ । प्रहरीले पूनमको मेडिकल टेस्ट गर्ने जनाएको छ । मुम्बईमा यी दुईले १० सेम्टेम्बरमा यी दुईले बिहेको घोषणा गर्दै सामाजिक सञ्जालमा तस्बिर पोस्ट गरेका थिए । अहिले दुवैले सामाजिक सञ्जालबाट बिहेका तस्बिर हटाएका छन् ।

प्रतिक्रिया