ग्लोबल आइएमई र होटल महासंघवीच सहकार्य

काठमाडौं । ग्लोबल आइएमई बैंक र होटल व्यवसायी महासंघ वीच सहकार्य गर्ने सम्झौता भएको छ । देशभरका होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई अब बैकले सहुुलियतपूर्ण व्याजमा कर्जा दिने भएको हो । महासंघमा आबद्ध देशभरका होटल तथा रेस्टुरेन्टले सहुलियतपूर्ण ब्याजदरमा कर्जा पाउने भएका छन ।

सम्झौतामा होटल तथा रेस्तुरेन्ट व्यवसायीमा जनचेतना बढाउने तथा सरलताका साथ बैंकिङ कारोबारको पहुँच भित्र ल्याउने विषयलाई समावेश गरिएको छ । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले हस्ताक्षर गरेका छन ।

महासंघसँग आवद्ध व्यवसायीलाई आर्थिक कारोबारमा सघाउ पु¥याउन तथा हाल कोभिड–१९ बाट प्रभावित भएको अवस्था समेतलाई दृष्टिगत गरी परियोजना सञ्चालनमा ल्याउन सहयोग पु¥याउने हेतुले बैंक नियमानुसार कर्जा सुविधा प्रदान गर्ने सहमति भएको हो । यसका साथै महासंघसँग आबद्ध व्यवसायीको लागि बैंकले आवश्यकता अनुसार बैंकिङ एवं वित्तीय साक्षरता सम्बन्धी तालिम समेत प्रदान गर्ने व्यवस्था मिलाइने भएको पनि विज्ञप्तिमा उल्ललेख छ ।

प्रतिक्रिया