भरत परियारको ‘दशा’ सार्वजनिक

काठमाडौं । लोक गायक भरत परियारको गीत ‘दशा’ सार्वजनिक भएको छ । उनले आफैं शब्द रचना र संगीत भरेको उक्त गीतमा गायिका पूर्णिमा परियारले गायक परियारलाई आवाजमा साथ दिएकी छन् ।

रोजगारीको सिलसिलामा विदेशिएका आम नेपाली नागरिकहरुको वास्तविक कथालाई चित्रण गरेर ‘दशा’ नामक गीत र भिडियो ल्याएको गायक परियारले जानकारी दिए । लक्षु प्रकाश मल्लले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।

त्यस्तै, गीतको भिडियोमा मन बहादुर पुनको निर्देशन, छायांकन र सम्पादन रहेको छ भने मिलन लामा, रिया पन्त सिद्धान्त लामा, कविता लामा अमर सिलवाल, बाल कलाकार अरुणा तामाङ लगायतले अभिनय गरेका छन् ।

नजिकै आइरहेको बडा दशैँको अवसर पारेर सम्पूर्ण विदेशमा दुःख पाएका नेपालीको पीडा भुलाउने उद्देश्यले फरक खालको गीत तयार गरेर बजारमा ल्याएको गायक परियारले बताए ।

प्रतिक्रिया