सांग्रिला बैंकद्वारा चेक हस्तान्तरण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश ३, ललितपुर धोबीघाटस्थित मुस्कान होम अफ होपलाई २ लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ ।  बैंकले मुस्कान होम अफ होपलाई गरेको आर्थिक सहयोगले मुस्कान होममा आश्रित बौद्धिक तथा शारीरिक अपांगता भएका व्यक्ति तथा बालबालिकाका लागि निःशुल्क खाना, आवास तथा शिक्षामा सहयोग पुग्नेछ ।

चेक हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट नायब महाप्रबन्धक अपूर्वप्रसाद जोशीले मुस्कान होमका अध्यक्ष सुमती कर्माचार्यलाई चेक हस्तान्तरण गरेका हुन ।  त्यसै गरी बैंकले आफ्ना ग्राहकलाई बैंकिङ सेवाको अतिरिक्त बेलाबेलामा देशभर रहेका ९१ शाखा कार्यालयबाट आवश्यकता अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक संस्थालाई सहयोग गर्दै आइरहेको छ ।

प्रतिक्रिया