लकडाउनकै बीच नेपाल बैंकले खोल्यो पाँच एक्सटेन्सन काउण्टर

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले बाग्लुङ् जिल्लाको गलकोट नगरपालिकास्थित मुख्य बजार हटियामा गल्कोट शाखा हरिचौर अन्तर्गत रहनेगरी ३३ औँ एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । गलकोट नगरपालिकाको मुख्य ब्यापारिक केन्द्र हटिया बजारलाई लक्षित गरि सुरू गरेको बैंकको नयाँ एक्सटेन्सन काउण्टरको नगर प्रमुख भरत शर्मा गैरेले उद्घाटन गरेको नेपाल बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।

कोरोनाका कारण सामजिक दुरी कायम गरी काउण्टरको उदघाट्न गदैं नगरप्रमुख भरत शर्मा गैरेले नेपाल बैंकको सेवा विस्तारसँगै प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले गलकोटमा बिसं २०३८ सालमा हरिचौर बजारमा स्थापना भएको नेपाल बैक २०५८ सालमा बिस्थापित भएको स्मरण गदैं २०७३ सालमा निकै ठुलो प्रयासले पुनस्थापना भएको बताए ।

नगरप्रमुख गैरेले नेपाल सरकारको स्वामित्वनै नेपाली जनताको स्वामित्व भएकोले नेपाल बैंक जनताको बैंक रहेको बताए । उहाँले नेपाल बैंक लिमिटेड गलकोट शाखा अन्तर्गतको एक्टेन्सन काउण्टरबाट समेत ग्राहकको सेवा र चाहानालाई मध्यजनर गरि सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

२०३८ सालमा गलकोट शाखाको रुपमा हरिचौरबाट सेवा प्रवाह गरेको नेपाल बैक लिमिटेड राजनैतिक परिर्वतनसँगै २०५८ सालमा विस्थापित भएको थियो । २०७३ साल माघ १ गते हरिचौरमा नेपाल बैंकको पुनस्थापना भएको थियो । एक्सटेन्सन काउन्टरबाट खाता संचालन, बचत ऋण कारोबार, रेमिटेन्स सेवा सुनचादिँको कारोबार, राजश्व भुक्तानी लगाएत सेवा प्रवाह हुने शाखा प्रबन्धक देबी बोहोराले जानकारी दिए ।

लकडाउन तथा निषेधाज्ञाको हालको विषम परिस्थितिमा समेत नयाँ आर्थिक वर्षको पहिलो दुई महिनामा नेपाल बैंकद्वारा पाँच वटा एक्स्टेन्सन काउण्टरहरु थप गरी संचालनमा ल्याएको प्रवक्ता अधिकारीले विज्ञप्ति मार्फत जानकारी दिए । प्रवक्ता अधिकारीका अनुसार यस अघि श्रावण २३ गते दाङ्ग जिल्लाको भरतपुरस्थित क्याम्पस चोकमा, भाद्र १ गते पोखरा लेखनाथस्थित पोखरा नर्सिङ्ग क्याम्पसमा, भाद्र १० गते काठमाण्डौंस्थित अमृत साईन्स क्याम्पसमा, भाद्र १५ गते चितवन रामपुरस्थित कृषि तथा वन बिश्वबिद्यालयमा एक्स्टेन्सन काउण्टरहरु थपगरी सेवा प्रबाह सुरु गरिएको छ ।

नेपालकै फ्ल्यागशिप बैंकको रुपमा रहेको यस बैंकले १८९ वटा शाखाहरु, १२५ वटा एटिएम तथा ३३ वटा एक्स्टेन्सन काउण्टर मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ । बैंकले चालु आर्थिक बर्ष भित्रै शाखा सञ्जाल बढाउँदै कुल शाखा संख्या २१४ पुर्याउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया