सिटी एक्सप्रेसको गलबन्दी टिक–टक च्यालेन्ज कार्यक्रम

काठमाडौ । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले देशविदेशमा रहेका टिक–टक प्रयोगकर्ताका लागी ‘सिटी एक्सप्रेस गलबन्दी टिक–टक च्यालेन्ज’ कार्यक्रम आयोजना गरेको छ ।  ‘गलबन्दी’ गीतको मुख्य प्रायोजक रहेको सिटी एक्सप्रेसले फेरी सोही गीत स्मरण गराउँदै सिटी एक्सप्रेस गलबन्दी टिक–टक च्यालेन्जको आयोजना गरेको हो । सो च्यालेन्जमा सहभागी हुने मध्ये प्रथम, द्वितीय तथा तृतीय उत्कृष्ट भिडियोले क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । साथै छनोटमा परेका उत्कृष्ट १० भिडियोलाई ५ सय रुपैयाँ बराबरको मोबाइल टप अप प्रदान गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १४ वर्षदेखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेसिया, अस्ट्रेलियालगायत संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजारभन्दा बढी भुक्तानी केन्द्रहरूमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको पनि उसले जनाएको छ ।

प्रतिक्रिया