सामसङको ‘जोड्दै खुसी, सजाऔँ जिन्दगी’ योजना

काठमाडौ । सामसङले ‘जोड्दै खुसी, सजाऔं जिन्दगी’ फेस्टिभल अफर ल्याएको छ । सामसङका उत्पादनले आफ्ना ग्राहकको घर र परिवारमा खुसी सजाउन, सामसङले यस्तो अफर ल्याएको हो ।  ‘जोड्दै खुसी,सजाऔं जिन्दगी’ अफर अन्तर्गत सामसङका कन्जुमर इलेक्ट्रोनिक्स् उत्पादनमा अधिकतम ३५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सकिन्छ । ३५ प्रतिशतसम्मको छुट ग्लोबल १ सामसङ टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिनको खरिदमा लागू हुनेछ ।

बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै सामसङ प्लाजाको आधिकारिक वेबसाइटबाट पनि सामसङका उत्पादन खरिद गर्ने वैकल्पिक सुविधा ग्राहकलाई प्रदान गरिएको छ । सामसङले टिभीमा २ वर्षको वारेन्टी प्रदान गरेको छ । त्यस्तै डिजिटल इन्भर्टर टेक्नोलोजिमा १० वर्षको वारेन्टी रहेको छ । निश्चित आउटलेटबाट सहज किस्ताबन्दी तथा निश्चित सामान निःशुल्क जडान गरिदिने सुविधा रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
यो फेस्टिभ अफर १ असोजदेखि ३० कात्र्तिकसम्म मुलुकभरका सामसङका आधिकारिक डिस्ट्रिब्युटर हिम इलेक्ट्रोनिक्स् प्रालि र त्रिवेणी व्यापार प्रालिद्वारा आफ्ना डिलरमार्फत लागू गरिएको पनि उल्लेख छ ।

प्रतिक्रिया