विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोईराला

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोईरालालाई तोकेको छ। उर्जामन्त्री वर्षमान पुनले बाह्रौं तहका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकेको ऊर्जा मन्त्रीका प्रेस संयोजक दयानिधी भट्टले जानकारी दिएका छन्।

निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि कोइराला निमित्त कार्यकारी निर्देशक बनेका हुन्। नियुक्ति भएलगत्तै लामो समयदेखिको लोडसेडिङ्गको अन्त्य गराउन सफल भएका घिसिङलाई पुन नियुक्ति गर्नका लागि जनस्तरबाट चौतर्फी आवाज उठे पनि उनको बिदाई भएको छ।

घिसिङलाई ऊर्जामन्त्री पुनले सोमबारको मन्त्रिपरिषद बैठकमा अर्को कार्यकालका लागि नियुक्तिको प्रस्ताव लैजाने भनिए पनि बैठकमा कुलमानको नाम गएको थिएन।

प्रतिक्रिया