फिदिममा लकडाउन कायमै, बजार खुल्यो

पाँचथर । जिल्लाको फिदिम नगर भित्रको बजार खुलेको छ । शुक्रबारदेखि, फिदिम नगरपालिका र पाँचथर उद्योग वाणिज्य संघबीच बैठकपछि व्यावसाय सञ्चालनमा आएको हो । फिदिम नगरपालिकाले नगरभित्रका उद्योग, व्यापार र व्यावसाय खुल्ला गर्ने सम्बन्धी सूचना जारी गरेको छ ।

उक्त सूचना जारी गरेसँगै पाँचथर वाणिज्य संघको अगुवाइमा कोरानाबाट बच्न र बचाउन तथा सुरक्षीत माइकिङ गरेको छ । नगर र वाणिज्यबीच ४ वटा मापदण्ड कायम गरी व्यावसाय सञ्चालन गर्न दिइएको हो ।

नगरपालिकाले लगाएको लकडाउलाई निरन्तरता दिँदै अत्यावस्यक सेवा तथा वस्तु ढुवानी र पूर्वधार विकास निर्माण कार्यबाहेक दुई पाङ्ग्रेसहित सबै सवारीसाधनमा रोकलाई निरन्तरता दिएको नगरबाट लिखित सूचनामा भनिएको छ ।

फिदिममा कोरोना संक्रमण बढेसँगै यातायातमा भने बाहिरीनु पर्ने भए साविक वमोजिम अनुमतिमा मात्र जान–आउन अनुरोध गरेको छ । लामो समयसम्म फिदिम बजार लकडाउनको चपेटामा परेपछि नागरीक र व्यवसायिलाइ मध्यनजर गरी बजार खुलाइएको वाणिज्यका अध्यक्ष दिपक नेपालले बताए ।

बजारखुले पछि बजारमा स्थानिय नागरीक र यातायात साधनको चहलपल बढेको देखिन्छ । वाणिज्य संघले बजारका पसल अगाडि सामाजिक दूरी कायम राख्न प्रत्येक पसलहरुको अगाडि गोलो घेरा बनाई बिक्री वितरण गर्न सचेतना जगाएको छ ।

माक्स नहुनेलाई माक्स दिएर, सेनिटाइजर प्रयोग भए–नभएको निगरानी, वर्तमान अध्यक्ष दिपक नेपाल, पूर्व अध्यक्ष मित्र प्रसाद काफ्ले लगायत कार्यसमितिका पदाधिकारीहरु भएका छन् । वाणिज्यले व्यवसायिहरुलाई सुझावका लागि अनुरोधपत्र समेत हामा थमाएका छन् ।

प्रतिक्रिया