पाँचथरको सिमा क्षेत्रमा सुरक्षा बिओपी पोष्ट स्थापना

पाँचथर । जिल्लाको याङवरक पालिका एक चिवाभञ्जाङ र फलेलुङ पालिका भैंसेमा बिओपी पोष्ट स्थापना गरिएको छ । भारतसँग सिमा जोडिएका क्षेत्रमा सिमा सुरक्षा वल स्थापना गरीएको हो । बिओपी पोष्टलाई प्रदेश नम्बर १ की साँसद सिता थेवे , प्रदेश एकका डिआईजी वंशि दाहाल, पालिका अध्यक्ष लेखनाथ घिमिरे, उपाध्यक्ष कमलकुमारी (कमला) योङहाङले सयुक्तरुपमा गत बिहिबार उद्घाटन गरे । सुरक्षा पोष्टमा १६ जना शसस्त्र प्रहरी टोलि रहनेछन । डिआईजी दाहालका अनुसार प्रदेश एकमा ३० वटा पोष्ट स्थापना गरिसकिएको र प्रदेश भरी २२ वटा स्थापना हुने जनाए ।

पाँचथरको सिमा सूरक्षा स्थापनाका लागी याङवरक पालिका अध्यक्ष लेखनाथ घिमिरे, संघीय सरकारका वर्तमान पर्यटन मन्त्री योगेश भट्टराई, प्रदेश एकका आर्थिक मामीला तथा योजनामन्त्री ईन्द्र बहादुर आङवोले खानेपानि उद्घाटन गर्दा क्रममा अवलोकन गनु साथै, तत्कालिन सिडिओ प्रकाशचन्द्र अधिकारी , मुरारी वस्ती , अन्य साँसदलगायतले स्थलगत अवलोकन गरेका थिए ।

स्थापनाका बिषयमा निर्वाचन बाट पालिका प्रवेश गरेलगतै सुरक्षा पोष्टका लागी अवलोकन गरीएको पालिका अध्यक्ष घिमिरे जनाए । पटक–पटक अवलोकन पश्चात तत्कालिन सिडिओ मुरारी वस्तीको निर्णयमा चिवाभञ्जाङमा सुरक्षा बिओपी राख्ने निर्णय भएको अध्यक्ष घिमिरेले जनाए । सिडिओ वस्तिको कार्यकालमा जिल्लामा ठूल्ठुला मत्वपुर्ण योजनाहरु निर्णय भएको वस्तिले सौर्य अनलाइनलाइ जानकारी दिए ।

जिल्लामा ओजनाहरु केहि कार्यान्वय भए त केहि कार्यान्वय हुने चरणमा रहेका छन । सिमासुरक्षा पोष्ट खडा भए बाट त्यहा हुने, बन्य जन्तु, जरीबुटी , रेडपाण्डा, चोरी निकासी रोकिने अध्यक्ष घिमिरेको भनाइ रहेको छ । उनले भने, ‘त्यसक्षेत्रमा जैविक विविदताको संरक्षण हुने छ । बिओपी पोष्ट स्थपानका लागी पालिकाले ५ लाख बराबरको सोलार प्यानल, ९ लाख बराबरको लागतमा खानेपानि, तत्काल बस्नेलाई १४ जना जवान सुत्ने भवन पालिकाले वनाएर राखिएको हो ।’ बिओपी भवन निमार्णका लागी संंघीय सरकारबाट टेन्डर समेत भएको छ । त्यस क्षेत्रमा मध्यपहाडी पुष्पलाल लोकमार्ग समेत बाटो पुगीसकेको छ ।

 

प्रतिक्रिया