प्रवास

एनआरएनए युएई फुटको संघारमा

सौर्य अनलाइन २०७७ भदौ ७ गते ८:४५ मा प्रकाशित

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए युएईको विवाद अन्ततः विभाजनको संघारमा पुगेको छ । नेपाल एशोसियसन (एनए) युएईले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै एनआरएन युएईको अध्यक्ष प्रकाश कोइरालालाई एनएको बोर्ड म्यानेजर (बिओडी) बाट निलम्बित गरेसँगै एनआरएनए युएई फुटको संघारमा पुगेको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईका निवर्तमान अध्यक्ष एवं नेपाल एशोसियसन (एनए) युएईका प्रेसिडेन्ट रमेश श्रेष्ठद्वारा हस्ताक्षरित उक्त प्रेस विज्ञप्तिमा पछिल्लो समयमा संस्थामा भएका गतिविधिबारे मागिएको स्पष्टीकरणको औचित्य पुष्टि हुन नसकेको ठहर गर्दै शनिबारैैको मितिदेखि निलम्बित गरिएको जनाइएको छ । जारी विज्ञप्तिमा बोर्ड बैठकको निर्णयलाई र सिडिएको स्वीकृतिलाई आधार मानी अन्य आवश्यक कारबाहीको लागि सिडिएसमक्ष माग गरिएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइरालाले दुबई कमिटीका पदाधिकारीहरुलाइ निलम्बन गरेको, नेपाल एसोसिएसनलाई जानकारी नगराएई लेटरहेड प्रयोग गएको सिडिए मातहतमा रहेको संस्था आफैंले गरेको सहमति उल्लङ्घन गरेको, एनएका बोर्ड अफ डाइरेक्टरलाई जानकारी नगराइ कानुनको उलंघन गरेको, पत्रकारलाई प्रायोजन गरि समाचार सार्वजनिक गरेको र महत्वपूर्ण परियोजना (आईएललो) सहयोग रकमलाई अगाडि बढाउन (बिओडी) लाई सल्लाह र सहकार्य नगरेको, नेपाल एशोसियसनबाट आधिकारिक कुनैपनि कार्यक्रम गर्दा सिडिएको अनुमति नलिएको उल्लेख छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईका अध्यक्ष प्रकाश कोइरालालाई कारवाही गरेपछि अब एनआरएनए युएई र एनए अलग–अलग संस्थाको रुपमा अघि बढ्ने अवस्थामा पुगेका छन् । नपाल एसोसिएशन एनआरएन दुबईको स्थानीय निकायमा दर्ता गरेको संस्था हो ।
दर्ता भएपनि एनए र एनआरएनए युएईभित्र सुरुवाती दिन देखिनै विवाद चुलिँदै आएको छ । राजनीतिक खिचातानी र व्यक्तिगत इस्युका कारण संस्था कहिल्यै माथि उठ्न सकेन ।

कानुनी परामर्शबाहेक अन्य काम कारबाही एनआरएनए युएईको नामबाट हुने भन्दै दुई संस्थाबीच गत साल सम्झौता भएको थियो । निवर्तमान अध्यक्ष रमेश श्रेष्ठ र तत्कालीन निर्वाचन समिति संयोजक राजेश दर्शन अर्यालले अहिलेसम्म संस्थाको हिसाबकिताब हस्तान्तरण नगरेपछि झनै विवाद शुरु भएको थियो । उनीहरुले स्थानीय निकायको समन्वयमा बैंक खाता खोलेपछि मात्र रकम जम्मा गर्ने बताएका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय