नवलपरासीमा एक हप्ताको लागि निषेधाज्ञा

नवलपरासी । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको निर्णय अनुसार शनिबार (आज) राति १२ बजेबाट लागू हुने गरी भदौ ६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ।

निषेधाज्ञाको अवधिमा मानिसहरुको जमघट, भेटघाट, बैठक, गोष्ठी, सेमिनार, छलफल, भेला जस्ता सामुहिक जमघट हुने कार्यहरु नगर्न तथा धार्मिक स्थलहरुमा दैनिक नित्य पूजा बाहेक अन्य गतिविधि संचालन नगर्न प्रशासनले आग्रह गरेको छ। साथै प्रशासनले निषेधाज्ञाको अवज्ञा गरेमा कानुन बमोजिम कारबाही हुने पनि चेतावनी दिएको छ।

प्रतिक्रिया