एनआईसीका क्रेडिट कार्ड प्रयोगकर्तालाई शून्य ब्याजदरमा इलेक्ट्रोनिक सामग्री

काठमाडौं । एनआईसी एशिया बैंकले समय अनुरुप ग्राहकमैत्री उत्कृष्ट योजना ल्याउने क्रममा आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई शून्य ब्याज दरमै विभिन्न इलेक्ट्रोनिक सामग्रीहरू खरिद गर्न सकिने योजना ल्याएको छ । यस योजनामार्फत ग्राहक महानुभावहरूले उक्त इलेक्ट्रोनिक सामग्रीहरू शून्य ब्याजदरमा खरिद गरी किस्ताबन्दीमा खरिद रकम बैंकलाई भुक्तानी गर्ने सुविधाको लाभ उठाउन सक्ने बैंकले जनाएको छ । बैंकले सिजी डिजिटल प्रालि, एलजी लाइफ स्टाइल शोपी प्रालि, इभोलुसन ट्रेडिङ प्रालि (इभो), नियोटेरिक नेपाल प्रालि, इको इन्फिनिटी प्रालि, त्रिवेणी व्यापार कम्पनी प्रालि लगायत १६ वटा मर्चेन्टहरूसँग विभिन्न सामग्रीहरू क्रेडिट कार्ड प्रयोगकर्तालाई शून्य ब्याजदरमै उपलब्ध गराउने गरी समझदारी गरेको छ ।

जसअनुसार यस बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले शून्य ब्याजदरमै टिभी, फ्रिज, वासिंङ मेसिन, इलेक्ट्रोनिक स्कुटर, ल्यापटप, आइफोन, आइम्याक, आइप्याड लगायतका सामग्रंीहरू खरिद गर्न सक्नेछन । अतुलनीय फाइदाले भरिपूर्ण यस योजनाबाट ग्राहकले आफ्नो क्रेडिट कार्डको सिमाभित्र रहने गरी न्यूनतम रू. ३० हजार देखि अधिकतम रू. ५ लाखसम्मका उपभोग्य इलेक्ट्रोनिक सामग्रीहरू खरिद गर्न सक्ने बैंकले उल्लेख गरेको छ । समय अनुरुप ग्राहकमैत्री योजनामार्फत सेवा प्रदान गरिरहेको यस योजनाबाट ग्राहक महानुभावहरूलाई उत्कृष्ट लाभ प्राप्त हुने बैंकले विश्वास लिएको छ ।

यस बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकसँग समझदारी भएका उक्त १६ वटा मर्चेन्टहरूमार्फत आफुलाई चाहिएको उल्लेखित इलेक्ट्रोनिक सामग्री शून्य ब्याजदरमै खरिद गर्न सकिनेछ । बैंकका ग्राहकले न्यूनतम ३ महिनादेखि अधिकतम १२ महिनासम्मको समयावधीमा लागत मूल्य बैंकलाई किस्ताबन्दीमा तिर्नेगरी शून्य प्रतिशत ब्याजदरमा क्रेडिट कार्डमार्फत सामग्री खरिद गरी भरपुर फाइदा उठाउन सक्नेछन । यसका लागि क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकसँग समझदारी भएको मर्चेन्टबाट आफुलाई चाहिने सामग्रीको कोटेसन लिएपश्चात् शून्य प्रतिशत फाइनान्सिङ सम्बन्धी निवेदन बैंकलाई बुझाउनुपर्नेछ । उक्त निवेदनको आधारमा बैंकले आवश्यक प्रक्रिया पूरा गरी ग्राहक महानुभावले इच्छाएको सामग्री बिक्री गर्नको निम्ति मर्चेन्टलाई डेलिभरी अर्डर दिनेछ । डेलिभरी अर्डर प्राप्त गरेपछि मर्चेन्टले उक्त क्रेडिट कार्ड प्रयोगकर्तालाई इच्छाएको सामग्री हस्तान्तरण गर्नेछ र त्यसैअनुसार ग्राहकले मासिक किस्ता रकम बैंकलाई भुक्तानी गर्नुपर्ने हुन्छ ।

यसका साथै बैंकको मोबाइल बैंकिङ वा बैंकको कार्ड (डेबिट÷क्रेडिट) हरू मार्फत भुक्तानी गर्दा ग्राहक महानुभावहरूले देशभरका २,५०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन । बैंकले हाल मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया