मानुषी लघुवित्तको आइपिओको विक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओको विक्री प्रबन्धकमा नेपाल एसबि आई मर्चेण्ट नियुक्त भएको छ । लघुवित्तको प्रति शेयर अंकित मूल्य रु. १ सय दरका ३ लाख कित्ता शेयर बराबर ३ करोड रुपैयाँ साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) को निष्काशन तथा विक्रीका लागि नेपालएसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको हो । साथै उक्त संस्थाको शेयर रजिष्ट्रारमा पनि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नियुक्त भएको छ ।

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय सानो गौचरण, काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शोभा बज्रचार्यले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक तथा शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

प्रतिक्रिया