‘हरेक कारोबारमा आकर्षक उपहार’ बिजेताको नाम घोषणा

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो साउदी स्थित सेवाग्राहीहरु लाई लक्षित गर्दै साउदीकै इन्जाज बैंक अल बिलादसंगको सहकार्यमा ‘हरेक कारोबारमा आकर्षक उपहार’ योजना ल्याएको थियो । गत योजना जनवरी ३० देखी अप्रिल ३० (३ महिना) सम्म चलेको थियो । जस अन्तर्गत योजनाअवधि भर ४५ जनाबिजेताहरुले सिटि म्याक्स सपिङ भौचर, २४ जनाले ५ ग्राम सुनका सिक्का र अन्त्यमा ६ जनाले हवाई टिकट जित्न सक्ने योजनामा रहेको थियो । सोही योजना अनुरुप साउदीमा कार्यरत बिकास थडराई, गोविन्द नेपाली , पूर्णबहादुर रिमाल, होम राज सापकोटा र किस्मत सार्किले बम्पर उपहार स्वरुपहवाई टिकट जित्न सफल भएका छन् । कोरोना महामारीको कारणले हवाई टिकटको सट्टामा विजेताहरुले २००० साउदी रियाल प्राप्त गरेका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचानबनाउदै बिगत१४ वर्ष देखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया , अष्ट्रलिया, आदिथुप्रै देशहरु मार्फत विप्रेषण सेवाप्रदानगर्दै आइरहेको छ । आन्तरीक विप्रेषण अन्तरर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेको ८५०० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया