सिद्धार्थ बैंकको बैंकको निक्षेप २३.४ अर्बले वृद्धि

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आव २०७६।७७ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । सो अनुसार आव २०७६।७७ मा बैंकको निक्षेप रु. २३.४ अर्र्बले वृद्धि तथा रु. २.५ अर्बको ऋणपत्र निष्काशन गरी रु. २५.९ अर्बको स्रोत संकलन गर्न सफल भएको छ । त्यस्तै, सो आव मा रु. १८.८८ अर्ब बराबरको कर्जा प्रवाह गरेको छ । बैंकको कूल सम्पत्ति रु. १८२.६७अर्ब रहेको छ जुन गत आव भन्दा २०.५ प्रतिशतले वृद्धि भएको छ ।

कोभिड(१९ महामारीको असरको बावजुत पनि बैंकले रु. ३.७९ अर्बको नोक्सानी व्यवस्था अघिको संचालन मुनाफा आर्जन गर्न सफल भएको छ जुन गत आव भन्दा रु. ३२ करोडले बढि हो । बैंकले रु. २.०९ अर्ब खुद मुनाफा आर्जन गरेको छ र सो मुनाफा मध्ये रु. ८७ करोड र ऋणपत्र परिपक्व भएको रकम सहित रु. १२४ करोड वितरण योग्य रकम रहेको छ ।

प्रतिक्रिया