अस्ट्रेलियामा वेपत्ता नेपाली युवा ग्यारेजमा मृत भेटिए

काठमाडौं । अस्ट्रेलियामा गत बिहीबार बेपत्ता बनेका एक २७ वर्षका नेपाली युवा मृत फेला परेका छन्। सन् २०१८ मा सिड्नीबाट एडिलेड सरेका उनको शव आइतबार ग्यारेजमा भेटिएको अस्ट्रेलियाका संचारमाध्यमले जनाएका छन्।

उनी नेपाल काठमाडौंको भएको पहिचान भएको छ। मृत नेपालीको नाम भने खुलाइएको छैन।शवलाई परिवारको जिम्मा लगाउने कार्य भइरहेको बताइएकाे छ।

दक्षिण अष्ट्रेलियाका लागि नेपालका महावाणिज्य दूत दिपक धमलाले पनि प्रहरीसँग नेपाली युवाको मृत्युबारे जानकारी लिएको बताइएको छ । एमएनटीभी अस्ट्रेलियाका अनुसार प्रहरीले नेपाली युवाको मृत्युलाई शंकास्पद घटनाको हेरेको छैन।

प्रतिक्रिया