समावेशी नेपालमा जातीय सवाल र व्यवहार

जातीय विभाजनका कारण मेरो समुदायले आजसम्म विभेद र बहिष्करण खप्नुपरेको छ । यदी मैले अझै पनि दलितको कोटामा नेतृत्वमा जाने हो भने मैले मसँग मेरा समुदायलाई अझै हजारौँ वर्षसम्म दलित भइरहने प्रमाण समाजलाई दिइरहेको हुन्छ । हामी दलित होइन । जयस्थिति मल्लले भारतीय मैथिली ब्राम्हणको सुझावमा राज्य विमुख हामी किराँतीहरूलाई दलित कोटामा राखेको मान्य छैन । हामी नेपाल भूमिका भूमि पुत्र यहाँ आदिवासी जनजाति हौँ

केही वर्ष अगाडि गोरखा जिल्लामा प्रकोप पत्रकारिता विषयमा पत्रकारका लागि भएको अभिमुखीकरण तालिम कार्यक्रममा सहायक स्रोत व्यक्तिका रूपमा सहभागी हुने अवसर पाएको थिएँ । एक गैरसरकारी संगठनको संयोजकत्वमा भएको सो तालिममा सहभागीलाई समावेशिताको आधारमा छनोट गरिएको थियो । विशेष गरी दलित समुदायका पत्रकारहरू (माफ गर्नुहोला यो शव्द नचाहेर पनि संविधानले किटानी गरेका कारण म प्रयोग गर्नबाध्य छु) लाई मुख्य सहभागीका रूपमा प्राथमिकतामा राखी सञ्चालन गरिएको सो अभिमुखीकरण तालिम कार्यक्रममा सबै सहभागीहरू विशेष चासो र रमाइलोका साथ सामेल भए । के दलित के जनजाति र केगैरजनजातिसबैको समान सहभागिताकार्यक्रमको मुख्य एजेन्डामा समर्पित रह्यो ।

तीन दिवसीय सो तालिम कार्यक्रममा बडो समाजिक सौहद्रता र प्रेमका साथ सामूहिक छलफल र प्रस्तुतिमा सबै पत्रकारहरूले समान रूपमा भाग लिए । कार्यक्रमको पहिलो दिन साँझ सबैले मनोरञ्जनात्मक कार्यक्रममा स्वःस्फुर्त रूपमा भाग लिए । नाचगान गीतजस्ता रमाइला कार्यक्रममा सबै महिला तथा पुरुष पत्रकार समान रूपमा सहभागी बने । मोफसलमा फरक समुदाय र गोरखा जिल्ला लगायतका दूरदराजकापत्रकारबीच त्यो मेरो पहिलो अनुभव थियो । राजधानीमा गामठामतिर जातीय विभेदका विषयमा सकारात्मकभन्दा नकारात्मक समाचार पढ्दै र सुन्दै आएका मजस्ता सहरियालाईसमावेशी पत्रकारहरूको त्यो पनि युवाहरूको सामाजिक सौहाद्रतापूर्ण जमघटले विशेष प्रभावित ग¥यो ।

उनीहरू उन्मुक्त हाँसे, गीत गाए, एक अर्काका हात समातेर नाचे र साँझको खाना पनि सँगै बसेर खाए । को कुन जातको र कुन भूगोलबाट भन्दा कार्यक्रममा प्रस्तुत भएका विषयवस्तु र भोलि हुने सिकाइका विषयबस्तुकै विषमयमा उनीहरूको बहस केन्द्रित रहेको पाएँ । विगतका पुराना संविधान र समावेशी लोकतान्त्रिक गणतन्त्र नयाँनेपालको संविधानले के दियो वा दिएन थाहा भएन तर शिक्षा सचेतनाजागरण र विश्व एक हुँदैगरेको अहिलेको अत्याधुनिक माहौलले उनीहरूको सोच, सोच्ने शैली रव्यावहारीय धरातललाईफराकिलो पार्नप्रत्यक्ष प्रभाव परेको मेरो ठहर छ ।

गोरखा बसाइँका तीन दिनमा होटलका व्यवस्थापक आयोजक र सहभागिहरूबीच कहीँ कतै कुनै पनि बेला यो वा ऊ भन्ने जातका विषयमा महसुस हुने अवस्था सिर्जना भएन । धन्य लाग्छ ती युवा जमातदेखि जसको हुर्कंदो किशोर मनहरूले आफ्नो समय जातीय वा सामाजिक अवस्था भन्दा देश, पत्रकारिता र संसारको समस्या सुल्झाउनतिर केन्द्रित गरेर खर्च गर्छ र हिजोका विभेदयुक्त समाजलाई चिर्न आफुलाई शिक्षा र सचेतनाको जागरणतिर उन्मुख गरी रहन्छ।

अब आउँ मधेसतिर । पत्रकार उमा सिंहको हत्या पश्चात मधेसमा उमा सिंहको पत्रकारिता, उनको अवसानका कारण र सो घटनापश्चात मधेसमा महिला पत्रकारहरूको मनोविज्ञान र उनीहरूको अवस्थाबारे अध्ययन गरी आफनो स्नातककोत्तरको सोधपत्रका लागि केस स्टडी तयार गर्न २०६७सालमा म जनकपुर पुगेँ । भर्खर मधेस आन्दोलन सकिएको र उमा सिंहको अवसानको दुःख नमरीसकेको माहौलमा मधेस नजान मेरा केही साथीहरूले सुझाव दिए ।

काठमाडौंको न्युरोड इन्द्रचोकहरूमा(न्हु सतक र ह्वंग) बाल्य काल गुजारेका रौनियार, मिश्र, यादव, झार अग्रवाल समुदायका साथीहरूसँग खेलीखाई किशोरावस्था पार गरेकी मलाई मधेस र मधेसीसँग डर त्रास हुने कुरै थिएन । अझ थकुवा, गुझिया आँपका कुटकीजस्ता विविध स्वादका अचार र मिठाईका स्वादहरूसँगै बाल्यकालका सखीसंगीकासम्झनालेमधेसतिर अध्ययन गर्ने मेरो तीव्र चाहना र मनोविज्ञानलाई छेक्न सकेन । उसो त०५५ र ०६५ सालतिर पनि म जनकपुर पुगेकी थिएँ।तर, प्रथमपटक मधेस प्रवेश गरेको १२ वर्षपछिको माहौलमा आकाश जमिनको फरक भइसकेको थियो ।

शायद जात र भूगोलका आधारमा राजनीति गर्नेहरूले इन्द्रचोक न्युरोडतिरका रैथाने हामी सबैसँगै मिलेर बसिबसाइँको अभ्यासमा रमाइसकेका थियौँ ।सबै भूगोल र जात वर्गसँग सामाजिक सौहाद्रता भन्ने कर्णप्रिय शव्दहरूको जन्म हुन हजारौँ वर्ष अगाडि जग बसालीसकेको थियो तत्कालीन यें दे का नामामा भन्ने बुझाइबाट पर थियो त्यो राजनीति गर्ने जमात। र,इतिहासको काल खण्डमा कथित मधेस आन्दोलन निम्त्याइयो । त्यो कालो इतिहास थियो मात्र । तर, त्यो कालिखले भौगोकि विविधता भएको हाम्रो देश र देशवासी बीच भएको प्रेम र सौहाद्रता कम भने गर्न सकेको छैन । त्यो सावित भयो मेरो एक हप्ते जनकपुर बसाइँले ।

म जनकपुर पुग्दा पत्रकार मनिका झा र अजय अनुरागी लगायतका साथीहरूले विशेष स्वागत गर्नुभयो । मेरो बसाइँ, खानपान र अध्ययनका लागि आवश्यक समय सबैका लागि उहाँहरूले विशेष समय दिनुभयो । जनकपुर बसाइँका एक हप्ताका कुनै पनि दिनहरूमा म पहाडमा छु वा मधेसमा छु भन्ने हेक्कासम्म भएन, गरिएन र गराइएन भनम ।पत्रकार उमा सिंहको पत्रकारिता र उहाँको अवसान, मधेसको पत्रकारिताको अवस्था र मधेसमा महिला पत्रकारको उमा सिंहको अवसान पछिको मनोविज्ञान बारे सोधपत्र तयारका लागि पत्रकार मनिका झाले समय, साथ र सहयोग मा कुनै कमी महसुस हुन दिनु भएन ।

जनकपुरमा खाएको तातो जलेबी र कचौरीका साथमा मटर आलु तरकारीको स्वाद म कहिले बिर्सन्नँ । न मधेसी पत्रकार र मधेशको प्रेम र सहयोगलाई नै । बसदेखि रिक्सा वाला, पानीपुरी चाटका ठेला वाला र चिया पसल, सौन्दर्य सामग्रीदेखि जानकी मन्दिरका पूजारी सम्मका सौहाद्रताले मधेसको अशल संस्कार, आपसी भाइचारा र सामाजिक सौहाद्रता प्रष्टिइरहेको थियो । धनुषाका तत्कालीन नौ वटा एफएम रेडियोमा मलाई गरिएको भव्य स्वागत र वरिष्ठ पत्रकारहरूले मेरो अध्ययनलाई खास महत्व दिई आफना व्यस्त समयका वावजुद दिनुभएको विशेष अन्तर्वार्ताहरूका भ्वाइस रेकर्डहरू मसँग अझै सुरक्षित छन् ।

मधेस बसाइका रमाइला तीदिनहरूले मलाईबारम्बार सम्झाइरहन्छ । मेरो देश साँच्चिकै एउटा साझा फूलबारी, रङबिरङी फूलहरूका फूलबारी हो। भाषिक सामाजिक र व्यावसायिक आर्थिक र भौगोलिक दृष्टिले हामी फरक भए पनि हाम्रो आत्मचिन्तनर मननले हामी नेपाली हौँ भन्ने मुद्दा र भावनालाई पहिलो प्राथमिकता दिइरहेछ र निरन्तर दिइरहनेछ ।

विज्ञहरू विगतमा विकासका आयामलाई अग्रगामी रूप दिन जातीय विभाजनलाई हतियारको रूपमा प्रयोग गरेको बताउँछन् । समाज र राज्य सञ्चालनका कार्यलाई निरन्तरता दिन र व्यवस्थित गर्न विविध सेवाहरू परिचालन गर्नुपर्दा सबैले सफा र सजिलो काम मात्र गर्ने छान्ने हुँदा तत्कालीन समाजका अगुवाहरू विशेष गरी नेतृत्व वर्गले ब्राह्मण, क्षत्री, वैश्य, शुद्र वर्गमा विभाजिन गरी राज्य र समाज सञ्चालनका कार्य विभाजनका लागि वर्ग र जात ठेकी दिएको बुझिन्छ ।

तर, कालान्तरमा यही जातीय वर्गीकरणलाई समाजले उचनीचको शब्दावलीमा परिणत गर्दै गयो । फरक मिहिनेत गर्नेको फरक पहिचान बन्दै गयो । तर, इतिहासअध्ययन गर्ने हो भने कार्य विभाजनको कारण देखाई विभाजन गरिएको जात खासमा नागरिक बीच विभेद र वहिष्करण उत्पन्न गर्दै सत्तामा हालीमुहाली गर्ने जयस्थिति मल्लको भित्रि महत्वकांक्षा र उद्देश्यले निरन्तरता लिँदै आजको अत्याधुनिक युगमा आइपुग्दासम्म पनि रुकुमकाजस्ता अमानवीय घटनाहरूलेनिरन्तरता लिई रहनुलाई मानवताविरोधी अक्षम्य अपराधको रूपमा जति निन्दा गरे पनि पुग्दैन ।

भक्तपुरका द्योला समाजका अगुवा माइला बाबु द्योलाको अडान छ उनी दलित कोटामा पर्दैनन् । नेवा दे दवुका वर्तमान महासचिव माइला बाबुले भक्तपुरमा तत्कालीन एमाले पार्टी स्थापित गर्न निकै हण्डर र ठक्कर खाए । पार्टीले सम्मान गर्दै उनलाई समानुपातिकअन्तर्गत दलित कोटामा सांसदको लागि प्रस्ताव ग¥यो पनि । तर, उनले माननेन् । उनको तर्क छ, ‘जयस्थिति मल्लले राज्यमा हालीमुहाली गर्न हामीहामीबीच गरिएको जातीय विभाजनका कारण मेरो समुदायले आजसम्म विभेद र बहिष्करण खप्नुपरेको छ ।

यदी मैले अझै पनि दलितको कोटामा नेतृत्वमा जाने हो भने मैले मसँग मेरा समुदायलाई अझै हजारौँ वर्षसम्म दलित भइरहने प्रमाण समाजलाई दिइरहेको हुन्छ । हामी दलित होइन । जयस्थिति मल्लले भारतीय मैथिली ब्राम्हणको सुझावमा राज्य विमुख हामी किराँतीहरूलाई दलित कोटामा राखेको मान्य छैन । हामी नेपाल भूिमका भूमि पुत्र यहाँ आदिवासी जनजाति हौँ ।’नेपालमा अहिले समग्र भूगोल र जातीय अवस्थाबाट उत्पन्न हुनसक्ने र भइरहेका बहिष्करणको अन्त्य गर्ने हो भने गोरखामा भेला भएका समावेशी युवा पत्रकारका जमात, मधेसमा अजय अनुरागी मोनिका झाहरूकोपहाडप्रतिको प्रेम र सौहाद्रतातथा माइला बाबु द्योलाजस्ता हस्ती हरूका मनोभावनाहरूलाई प्राथमिकतामा राखी आफ्नो विवेक प्रयोग गर्दै नेपाली नेपाली बीचको बढ्न सकने दुरीलाई कम गर्दै लान सकिन्छ ।

प्रतिक्रिया