मदन पुरस्कारको मनोनयनमा ७ पुस्तक

काठमाडौं । मदन पुरस्कार गुठीले २०७६ सालको मदन पुरस्कारका लागि अन्तिम ७ मा परेका पुस्तकको सूची सार्वजनिक गरेको छ ।

उत्कृष्ट ७ परेका पुस्तकमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघण्टु (खण्ड १–३), चन्द्रप्रकाश बानियाँको महारानी, ललित बिष्टको मोहपथ र शारदा शर्माको यात्रामा छन् ।

छनोटमा परेकामध्ये एउटा पुस्तकलाई वर्ष २०७६ को मदन पुरस्कार प्रदान गरिने मदन पुरस्कार गुठीले जनाएको छ ।

प्रतिक्रिया