नेपाल इन्भेस्टमेन्ट बैंक सम्मानित

काठमाडौं । नेपालको ठूलो निजी क्षेत्रको बैंकमध्येको एक नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल)ले विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्तीय निगम(आईएफसी)बाट ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी) अन्तर्गत नेपालबाट सर्वाधिक परिणामको व्यापार लगानीका लागि ‘सर्वश्रेष्ठ साझेदार–२०१९, कम आय भएका आईडीए देशहरू, दक्षिण एसिया’ का रुपमा ‘सम्मानको पुरस्कार’ प्राप्त गरेको छ ।

आईएफसीले नेपालको व्यापार लगानी (ट्रेड फाइनान्स)को प्रबद्र्धनकालागि नेपाल इन्भेस्टमेन्ट बैंकसँग साझेदारी गरेको छ, जसबाट बैंकले स्थानीय उद्यमीहरूका लागि सहयोग बढाउन सकेको र अन्तर्राष्ट्रिय व्यापारका अवसरहरू वृद्धिमा सहयोग पु¥याउन सकेको छ । एनआईबीएलले आफ्ना ८२ शाखा, १२४ एटीएम, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखा रहित बैंकिङ काउन्टरहरूबाट ग्राहकलाई सेवा पु¥याइरहेको छ ।

प्रतिक्रिया