मलाई फसाउन खोजिदैछः रिया

मुम्ब्ई । अभिनेत्री रिया चक्रवर्तीले भारतको सर्वोच्च अदालतमा निवेदन दिँदै आफूलाई केही समयअघि आत्महत्या गरेका अभिनेता सुशान्तसिंह राजपुतको परिवारले फसाउन खोजेको बताएकी छन् । अभिनेता सुशान्तका पिताले पटना प्रहरीमा दर्ता गरेको एफआइआरमा रियाले सुशान्तलाई मृत्युको मुखमा पुर्याएको उल्लेख गरिएको छ ।

तर, रियाले भने आफूमाथि लागेको सबै आरोप झुटो भएको जिकिर गरेकी छन् । भारतीय सञ्चार माध्यमले रियाले एक वर्षदेखि आफू र सुशान्त लिभिङ टुगेदरमा रहेको उल्लेख गरेकी छन् । तर, उनले सुशान्तको निधनमा आफ्नो कुनै पनि हात नभएको बताएकी छन् । रियाले जुन ८ तारिखमा सुशान्तको अपार्टमेन्ट छाडेको बताउँदै आएकी छन् ।

अभिनेता सुशान्त डिप्रेसनसँग जुधिरहेकाले पनि आफूले अपार्टमेन्ट छाडेको उनले जनाएकी छन् । उनले सुशान्तले सो समयमा डिप्रेसनको औषधि पनि खाइरहेको बताइन् । रियाले सुशान्तको घटनाको छानविन मुम्बईमा हुनुपर्ने मागसमेत सर्वोच्चमा गरेकी छन् । अभिनेत्री रियाको भनाइलाई सुशान्तकी पूर्वप्रेमिका अंकिता लोखन्डेले भने अस्वीकार गरेकी छन् ।

सुशान्तले आफ्नो भविष्यको योजना बनाइरहेकाले पनि उनी डिप्रेसनमा नभएको अंकिताले जिकिर गरेकी छन् । अंकिताले एक भारतीय टेलिभिजनमा दिएको अन्तर्वार्तामा सुशान्त स–साना कुरामा खुसी खोज्ने गरेको बताएकी छन् । अंकिताले प्रश्न गरेकी छन्, ‘उनी अभिनयबाहेक अरु धेरै कामहरु गर्न चाहन्थे, यसैले यस्तो मानिस कसरी डिप्रेसनमा जान सक्छ ?’

प्रतिक्रिया