माधव नेपालसँग भेटिन् चिनियाँ राजदूतले

फाइल तस्बिर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी भित्रको विवाद उत्र्कषमा पुगेको बेला चिनियाँ राजदूत सक्रिय भएकी छन् । चिनियाँ राजदूत हाउ यान्छीले नेकपाका वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधवकुमार नेपाललाई आइतबार बेलुकी उनकै निवास कोटेश्वरमा पुगेर भेटेकी थिइन्।

भेटका बारेमा नेपालको सचिवालयले पुष्टि गरेको छ। तर उनीहरुका बीचमा भएको कुराकानीका बारेमा भने बताइएको छैन। नेकपामा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केही शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नेपालसहित सचिवालयको बहुमत अर्कातिर छन् ।

पार्टी भित्र चर्किएको शक्ति संघर्ष टुंगोमा पुर्याउन र पार्टीलाई एक बनाएर लैजान प्रयास भए पनि त्यसको निष्कर्षमा पुग्न सकेको छैन । ओली र दाहालका बीच बालुवाटारमा भएको छलफल आइतबार पनि निष्कर्षमा नपुगेपछि दिउँसो दाहालसँग छलफलको बिफ्रिङ सुनेर नेपाल खुमलटारबाट फर्केका थिए।

नेकपामा विवाद चुलिएक राजदूत बेला यान्छी र नेता नेपालबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया