भाँडभैलो गर्ने छुट कसैलाई छैन

आफु चाहिँ यार्चागुम्बाको चिया पिउदै आम गरिव नेपाली जनतालाई ‘वेसार पानी खाउ, हाच्छ्युउ गरेर कोरोना भगाउ’ भनि सल्लाह दिने जस्ता कुराले बजारमा नकारात्मक टिप्पणी बढेको छ । त्यती मात्र होइन, विकासका आयोजना र कार्यक्रमहरू शक्तिसँगै हिडि रहेको कथा, ठालु व्यापारीहरूका हितमा करको घटवढ भएको पिडा, अनी रासायनिक मलको करबृद्धि र विजुली गाडी महंगो बनाएको विषय बहसमा छन्

देश भन्दा ठुलो संसारमा केही छैन । ‘जननी जन्मभूमिश्चः स्वर्गादपि गरीयसी’ भनिन्छ जन्मदिने आमा र वुवा भन्दा कहिले काहिँ आफ्नो देश माथि भैदिन्छ । जव सवाल देशको आउछ तव आफ्ना माता, पिता र पुत्र भन्दा ठुलो देश नै हुन्छ । देशको जिम्वेवारी निजी जिम्वेवारी भन्दा धेरै माथि हुन्छ । देशको जिम्वेवारीलाई निजी जिम्वेवारी ठान्ने भूल कहिल्यै कसैले गर्नुहुदैन । देशको जिम्वेवारी जहिले पनि साझा र सामूहिक जिम्वेवारी हुन्छ । देशको लागि गरिने काम साझा हुन्छ । हरेक नागरिकको देश प्रतिको निश्चित कर्तव्य हुन्छ । देश प्रतिको कर्तव्य पनि साझा हुन्छ । देशका सवै नागरिक जिम्वेवार र कर्तव्य परायण भए मात्र देश वलियो हुन्छ । देशका सम्पूर्ण नागरिकहरूलाई कर्तव्य प्रति सचेत र सजग बनाउने कर्तव्य राज्यको हो ।

राज्य पनि साझा संस्था हो । यो आम नागरिकको सम्झौता र सहकार्यबाट स्थापित हुन्छ । आम जनताको सद्भाव र समर्थनबाट मात्र सुन्दर ढंगले चल्दछ । सामुहिक शंकल्प र उत्तर दायित्वका आधारमा खडा भएको राज्यलेमात्र जनताको विश्वास जितेर अघि वढ्न सक्दछ । सरकार राज्यको महत्वपूर्ण र निर्णायक अंग हो । सरकारको नेतृत्वका आधारमा त्यसको चरित्र निर्धारित हुन्छ । जस्तो चरित्रको दल, व्यक्ति या संस्थाले नेतृत्व गरेको हुन्छ सरकारको चरित्र ठिक त्यस्तै हुन्छ । आज हाम्रो देशमा मजदुर वर्गको पार्टी कम्युनिस्ट पार्टीको सरकार बनेको छ । लामो संघर्ष र वलिदानबाट स्थापित कम्युनिस्ट पार्टीको सरकारले कम्युनिस्ट आचरण र चरित्र धारण गर्न असमर्थ भएको गुनासो आईरहेको छ ।

काठमाडौवाट हजारौ मजदुर भोक भोकै १० औ दिनको यात्रामा गाउ निस्कदा निस्लोट निन्द्रामा रहेको सरकारलाई थाहै भएन । यी र यस्ता घट्ना क्रमले न्यायप्रेमी मानिसहरूको मथिगल थर्काई दिएको छ । अझ क्वारेन्टाइनको कथा, आइसोलेशनको व्याथा र देशको अर्थतन्त्रले धान्न नसक्ने फजुल खर्चको भारीले भोलिको नेपाल मर्माहत हुने कुरा छदैछ

खासगरी राज्य सञ्चालन र सरकारको नेतृत्व गर्नु भनेको ईमान र स्वाभिमानको संयोग हो । अझ हाम्रो देशको परापूर्व काल देखिको परम्परा र संस्कृती हेर्ने हो भने हरेक शासकले राज्य प्रति सम्पूर्ण निष्ठाका साथ काम गर्नुपर्दछ । राज्यका कुनैपनि निकायको नेतृत्व गर्ने व्यक्तिले ईमान र निष्ठाको सपथ गर्नुपर्ने परम्परा रहेको छ । वैदिक कालका कथाहरुमा समेत तत्कालिन शासकहरूले त्याग र समर्पणका साथ राज्यको नेतृत्व गरेको सुन्दर उदाहरणहरू पाईन्छ ।

राज्यको कुनै पनि जिम्वेवारीमा बसेर राज्यको धेर थोर सुविधा लिए पछि निस्वार्थ र इमान्दारिताका साथ देश र जनताका निम्ती काम गर्नै पर्दछ । राज्यको जिम्मेवारीमा वसेपछि सत्य र न्यायको पक्षमा खडा हुन पर्दछ । आफ्ना नागरिकलाई ढाँट्ने, छल्ने र धोखाघडी गर्ने काम कहिल्यै गर्नुहुदैन । खुल्ला, पारदर्शी र शंकारहित वातावरण बनाएर जनताको काम गर्नु पर्दछ । हरेक कामको बारेमा आफ्ना जनतालाई सुसुचित गर्नु पर्दछ । कसै प्रति भेदभाव पक्षपात गर्नु अपराध मानिन्छ । निष्पक्षता अशल शासनको पहिलो गुण हो । असल शासनमा आग्रह तथा पूर्वाग्रहको कहि कतै स्थान हुदैन ।

राज्य सञ्चालकमा निजी हित, खुशि र निजी क्रोधको कहि कतै स्थान हुदैन । असल शासकले कसै प्रती पनि आक्रामक तथा हिंस्रक हुनु आवश्यक हुदैन । वरू देशका जनताको आलोचना र असन्तुष्टिहरू खोज्ने र सुन्ने अनी तिनिहरूको यथोचित समाधान गर्ने वानी व्यहोराको विकास गर्नु आवश्यक हुन्छ । जनताका बीचमा रहेका गुनासा, आलोचना तथा आक्रोशहरू सुन्ने र समाधान दिने क्षमताको विकास गर्न सक्ने शाशक साचो अर्थमा कम्युनिस्ट शासक हो ।

कम्युनिस्ट शासकले मित्रहरूको आलोचना, वुद्धिजिविहरुको सुझाव र जनताको गुनासाहरूलाई विरोध ठान्नु हुदैन । अझ आफुले गरेका कामहरूमा कतै कमजोरी भएको रहेछ भने तिनलाई सच्याएर अघि वढ्न सक्नु पर्दछ । व्यवहारमा कतै कमजोरी भए खोज्ने र तिनको अनुभूती गरी सच्याउने क्षमता भएको व्यक्ति अली कती विशेष हुन्छ । त्यस्ता विशेष व्यक्ति, पुरूष या महापुरूषमा आत्मसुद्धिको अनुभूती हुन्छ । आत्मसुद्धि र व्यक्तिगत सन्तुष्टि भनेको निश्पक्ष सकृयता को अभ्यासबाट मात्र प्राप्त हुन सक्छ ।

आत्म सद्धिको लागि त्याग आवश्यक हुन्छ । त्यागले स्वतः प्राप्तिको बाटो खोलि दिन्छ । कर्मको परिणाम स्वभाविक रूपमा फल प्राप्त हुन्छ । पहिले नै नाफा घाटाको हिसाव किताव सहित गरिएको कर्म वास्तवमा व्यवसाय हो । यसको कुनै अर्थ हुदैन । फलको आशा लिएर गरिएको कर्म केवल स्वार्थको आधार मात्र हो । स्वार्थको ढिस्कोमा उभिएर दुनियाको विश्वास जित्न सकिदैन । प्रेमरसले मात्र संसार विजय गर्न प्रेरित गर्दछ । प्रेम र सद्भावले संसारलाई संगठित र एकिकृत गर्न सक्दछ । अहम या अहंकार यस्तो चिज हो, जस्ले व्यक्तिलाई कागजको बाघ वनाई दिन्छ । शासकलाई तानाशाही चरित्र तर्फ अग्रसर गराई दिन्छ । देशलाई विभाजीत र खोक्रो बनाई दिन्छ । अन्ततः शासकलाई डोर्याएर विसर्जनको बाटो तर्फ लान्छ ।

नीति शास्त्रले भन्छ, एउटा व्यक्तिले गलत बाटो लिँदा व्यक्ति विग्रन्छ, वढिमा एउटा परिवार विग्रन्छ । एउटा पार्टीको नेताले गलत बाटो लिँदा पार्टीमात्र विग्रिदैन त्यसले समाज पनि विगार्छ । देशका शासक या सरकार प्रमुखले बाटो विगारे पुरै देशको हालत वरवाद हुन्छ । देशको वर्तमानमात्र होईन, भविष्य समेत जोखिममा पर्दछ । नेपालको आजको गणतन्त्रात्मक व्यवस्थामा जनताबाट चुनिएको एउटा शासकले लोकप्रिय शासकिय गुणहरू बिर्सेर अहंकारी, स्वार्थी र पूर्वाग्रही भएर काम गर्न थाल्यो भने के होला ? एउटा देशको शासक आफ्नो महत्वाकांक्षामा निर्लीप्त भएर केवल आफु मात्र ठिक भन्दै पार्टी र जनताको कुरा समेत वेवास्ता गर्दै हिड्यो भने के होला ? यसो भयो भने हेर्दा हेर्दै सम्पूर्ण देश रसातलमा पुग्न सक्दछ ।

अझ कम्युनिस्ट पार्टी क्रान्तिकारी पार्टी हो । कम्युनिस्ट बिचार अनुसार व्यक्तिलाई हेर्ने सोच नै फरक हुन्छ । स्वभाविक ढंगले उसको कामको परिभाषा पनि फरक हुन्छ । जीवन र जगतलाई हेर्न वुझ्ने र व्याख्या गर्ने तरिका नै फरक हुन्छ । अहिले कम्युनिस्ट सरकारलाई फरक दृष्टिकोणवाट दुनियालाई नया ढंगले अघि वढाउने भन्दा पनि थोत्रा शासकहरूका पुरानै काम स्याहारेर फुर्सद देखिदैन । आज कम्युनिस्ट पार्टीलाई दुनियाँ वदल्नको लागि प्राप्त सुन्दर अवसर केही व्यक्तिको राईदालो भए जस्तो देखिन्छ । अझ कम्युनिस्ट पार्टीको नाममा लामो समय लडेर इतिहास वनाएको व्यक्तिको नेतृत्व आम गरिव नेपाली जनताका निम्ती खास हुनु पर्ने हो । त्यसो नभएर सरकार खास व्यक्ति र तिनको समुहलाई मात्र खास भएको देखिदैछ ।

कम्युनिस्ट पार्टीले जनतालाई गर्मीमा छायाँ, वर्षामा छाता र अभावमा आपुर्ति भएर उभिनु पर्ने हो । तर हामी कहाँ के भैरहेको छ ? मानिसहरूले के सोचि रहेका छन । कमरेड मदनकुमार भण्डारीले नेतृत्व गर्नु भएको कम्युनिस्ट पार्टीको लागि पहिलो आफ्नो देश हुने गर्दथ्यो । देश सुरक्षित भए मात्र हामी, हाम्रो राजनीति र मोह मायाले ठाउ पाउने हो । देश सुरक्षित भएमात्र हामी जनता रहने हो । कमरेड मदन भण्डारीको दृष्टिमा देश र जनताको सुरक्षा पछिमात्र आफ्नो सिद्धान्त, आफु, आफ्ना साथी भाईको सेवा र सुरक्षा हुने हो । अहिलेको नेकपाको सरकारको पोजिसन के हो ? आम जनताले म र मेरो वाहेक हामी र हाम्रो सुन्न नपाएको गुनासो गरिरहेको अवस्था छ ।

ठिक यसैवेला भारतीय शासकको वदनियतले लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषय आई दियो । नेकपा सचिवालय वैठकले लिम्पियाधुरा सहितको नक्सा प्रकाशित गर्ने निर्णय गर्यो । त्यसका आधारमा संविधान संसोधन गर्ने काम भयो । यसले अलिअलि जनतामा लाज वचाएको छ । अन्यथा भवन, महल र सुविधा अनि अनेक आर्थिक तथा वौद्धिक अपचलनका दुविधायुक्त समाचारले आम जनतालाई रणभूल्ल पारिरहेको थियो । अझ कोरोना भाईरस रोक्न लगाईएको मास्क चिउडातिर झारेर या कानमा झुण्ड्याएर सवै जनतालाई मास्क लगाउन उपदेश दिने काम, हालैको अप्रमाणीत कोरोना रिमुभिङ कार्ड गलामा झुण्ड्यादै भ्रम छरेर कसैको व्यापार वढाउने काम र आफु पूर्ण सरकारी सुविधामा वसेर सम्पूर्ण डकार्दै जनता सवै अघाएर वसेको प्रचार गर्ने कामले त्यति शोभा दिएको थिएन ।

आफु चाहिँ यार्चागुम्बाको चिया पिउदै आम गरिव नेपाली जनतालाई ‘वेसार पानी खाउ, हाच्छ्युउ गरेर कोरोना भगाउ’ भनि सल्लाह दिने जस्ता कुराले बजारमा नकारात्मक टिप्पणी बढेको छ । त्यती मात्र होइन, विकासका आयोजना र कार्यक्रमहरू शक्तिसँगै हिडि रहेको कथा, ठालु व्यापारीहरूका हितमा करको घटवढ भएको पिडा, अनी रासायनिक मलको करबृद्धि र विजुली गाडी महंगो बनाएको विषय बहसमा छन् । राहतका नाममा अरवौं अर्व खर्च गर्दा पनि गरिव नेपालीसम्म पुग्ने आँट गरिएन । काठमाडौवाट हजारौ मजदुर भोक भोकै १० औ दिनको यात्रामा गाउ निस्कदा निस्लोट निन्द्रामा रहेको सरकारलाई थाहै भएन । यी र यस्ता घट्ना क्रमले न्यायप्रेमी मानिसहरूको मथिगल थर्काई दिएको छ । अझ क्वारेन्टाइनको कथा, आइसोलेशनको ब्याथा र देशको अर्थतन्त्रले धान्न नसक्ने फजुल खर्चको भारीले भोलिको नेपाल मर्माहत हुने कुरा छदैछ । त्यतिमात्र होइन घट्दो रेमिटान्स, बढ्दो खर्चको भार र थामी नसक्नु को साधारण खर्च वोझले हामीलाई अरू समस्यामा पार्ने निश्चित छ ।

देशका यी र यस्ता जटिल समस्या समाधानमा संयमता र सचेतनता आवश्यक छ । सवैलाई एकजुट बनाउँदै अघि वढ्ने जिम्वेबार नेतृत्व आवश्यक छ । देशको जिम्वेवारी वोक्नु भएका सरकार प्रमुख के भन्दै हुनुहुन्छ ? विपक्षी राजनैतिक शक्तिलाई समेत सहमतिमा लिएर काम गर्नुपर्ने सरकारको प्रधानमन्त्री आफ्नै पार्टीको वैठक छोडेर किन एक्लै हिडी रहनु भएको छ । जनताको असन्तुष्टिलाई सम्वोधन गर्न सम्पूर्ण देशनै एक ठाउमा उभिनु आवश्यक भएको वेलामा सत्ताधारी दलभित्रको समस्या किन समाधान भैरहेको छैन । कसैको पनि पद र प्रतिष्ठाको मोलमोलाइको पिडा सहन देश वाद्य हुनु हुदैन । आफ्नो निजी सत्ताको लागि देशलाई अभिशप्त वनाउने अधिकार कसैलाई छैन ।

हामीले बहुलवाद स्वीकार गरेका छौ । वहुदलिय संसदीय व्यवस्था लागु गरेका छौ । आफ्नै पार्टीको निर्णय मान्दिन भन्दै भाँडभैलो गर्ने छुट कसैलाई दिन सकिन्छ र । चाहे वर्तमान प्रधानमन्त्री हुन चाहे भूतपूर्व प्रधानमन्त्री जो कसैले पनि पार्टीको संस्थागत विधि र प्रकृयावाट भएको निर्णयलाई स्वीकार गरेर अघि वढ्नु पर्दछ । विधी र प्रकृयालाई मान्दिन भन्दै चुनौती दिएर हिड्ने छुट कसैले पनि पाउँदैन । सवै एजेण्डा पार्टी भित्रै वृहत छलफल गर्नु पर्दछ । छलफलबाट उचित समाधान खोजेर त्यसलाई स्वीकार गर्ने परिपाटी बसाल्नु पर्दछ । पार्टीको आधिकारिक निर्णय स्वीकार गरेर नै सवैले अघि वढ्नु पर्दछ । अन्यथा कार्यकर्ता जनता कसैका दास होईनन ।

प्रतिक्रिया