रमेशको मेलोडी गीत

काठमाडौं । गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गीत ‘चौबन्दी’ को भिडियो सार्वजनिक भएको छ । दर्जनौ लोकप्रिय गीत गाएका उनी देशका विभिन्न स्थानमा हुने मेला महोत्सव तथा सास्कृतिक कार्यक्रममा व्यस्त रहन्थे । कोरोना कहरका बीच उनले ‘चौबन्दी’ ल्याएका हुन् ।

आफ्नै युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको उक्त गीतमा बसन्त राईको शब्द तथा गायक श्रेष्ठकै स्वर तथा संगीत रहेको छ । गीतको भिडियोमा अञ्जु ढकालको छायांकन तथा विकाश खड्काको निर्देशन रहेको छ । भिडियोमा बिकाश खड्का तथा अञ्जना तामाङलाई फिचर्ड गरिएको छ ।

प्रतिक्रिया