
फाइल तस्बिर
काठमाडौं । गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीमा पहिरोका कारण १५ घर परिवार बिस्थापित भएका छन्।
पहिरोले गर्दा रातापानीका नौ र खासु गाउँका ६ घर परिवार बिस्थापित भएको वडा कार्यालयले जनाएको छ । रातापानीका दलबहादुर घर्ती र धनबहादुर घर्तीको घर पहिरोले बगाएको छ। सोही ठाउँका ओमबहादुर घर्तीको गोठ बगाएको छ।
यस्तै, पहिरोले मानबहादुर घर्ती, ईश्वरी घर्ती, रामबहादुर घर्ती, थम्मन घर्ती र मानबहादुर घर्ती बिस्थापित भएका जनाइएको छ । यसै गरी खासु गाउँका शिबलाल खासु र चुरामणी खासुसहितका ६ घर पहिरोका कारण बिस्थापित भएका छन्।
गाउँपालिकाले पहिरोका कारण बिस्थापित भएकालाई एकीकृत व्यवस्थापन गर्न थालिएको बताएको छ । ठाउँको अभावमा विद्यालय र छिमेकीकोमा रहेका बिस्थापित परिवारलाई तत्काल राहत प्रदान गर्ने र प्रशाससनसँग पनि समन्वय भएकाले केही दिनभित्र एकिकृत व्यास्थापन गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया