प्युठानमा थप १४ जनामा कोरोना पुष्टि

प्युठान । प्युठानमा आइतवार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षण प्युठानका थप १४ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय प्युठानका फोकल पर्सन पुस्कल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार संक्रमित प्युठान नगरपालिका– ३ का ४ जना, वडा नं ५ का ५, नौवहिनि गाउँपालिका वडा नं ७ का ३ जना, माण्डबी गाउँपालिकाका १ जना र गौमुखी गाउँपालिका ७ का १ जना रहेका छन् ।

उनीहरुको उमेर १६ देखि ५० वर्षका रहेका छन् । यससँगै प्युठानमा कोरोना संक्रमितको संख्या ९५ जना पुगेको छ । यसअघि कोरोना पोजेटिभ देखिएका माण्डबी गाउँपालिकाका ७ जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया