एयर अरेवियाको जहाज यूएईबाट १६८ जना नेपाली लिएर काठमाडौं उत्रियो

काठमाडौं । यूएईमा अलपत्र परेका १६८ जना नेपाली आज नेपाल आएका छन् । कोरोनाको महामारीका कारण यूएईमा अलपत्र परेका १६८ जना नेपाली नागरिक लिएर आएको विमान काठमाडौंमा अवतरण गरेको हो ।

सारजाह विमानस्थलबाट आएको एयर अरेवियाको जी ९ १७५१ नम्बरको विमान शुक्रबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । यूएईबाट कम्तिमा १८ हजार जना नेपाली स्वदेश फर्कन चाहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

शुक्रबार आउनलाई तय भएका व्यक्तिसहित अन्यको उडान अब कहिले हुन्छ भन्ने तय भइसकेको छैन । शुक्रबार नै बर्मामा अलपत्र परेका २६ जना नेपालीको पनि उद्धार गरिएको छ ।

प्रतिक्रिया