रारा जोड्ने पदमार्ग र सभाहलको शिल्यानाश

मुगु । नेपालको सबैभन्दा ठूलो ताल रारा जोड्ने पर्यटन पदमार्ग र सभाहलको एकै दिन शिल्यानाश गरिएको छ । छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजंग शाहीले पर्यटन पदमार्ग र सभाहलको एकै दिन शिल्यानाश गरेका हुन् । सदरमुकाम गमगढीबाट छोटो र पर्यटकिय दृष्टिले अत्यन्तै राम्रो मानिएको पर्यटन पदमार्ग छायाँनाथ रारा नगरपालिका– ३ तलि तुमदेखि लामाचौर पासाहाल्नसम्मको ४ किलोमिटर पर्यटन पदमार्ग र वडा नं २ अन्तरगत पर्ने पारिपाखा निमार्ण हुन लागेको सभाहल, कर्भड हलको बुधबार एकै दिन शिल्यानाश गरि धमाधम काम अगाडि बढाईएको जनाईएको छ ।

आर्थिक बर्ष ०७६र७७ को नगरसभाबाट ५५ लाखको रारा जोड्ने पर्यटन पदमार्ग र ७० लाखको सभाहल, कर्भड हल निर्माणको लागि रकम विनियोजित गरीएको र त्यसै रकम अनुसार काम अगाडि बढाईएको नगरप्रमुख हरिजंग शाहीले जानकारी दिए । सभाहल र कर्भड हलको लागि नगरपालिकाको तर्फबाट ७० लाख र जनसहभागिता बाट २२ लाख गरी ९२ लाख रुपैयाँमा सभाहल, कर्भड हल निर्माण हुने योजना रहेको छ ।

५५ लाख रुपैयाँ नगरपालिको तर्फबाट र ३ लाख जनसहभागिताबाट गरी ५८ लाख रुपैयाँमा रारा जोड्ने छोटो दूरीको ४ किलोमिटर पर्यटन पर्दमार्ग निर्माण गरिने छ भने यो असार मसान्तसम्म सम्पन गर्ने गरि काम अगाडि बढाईएको छ । विश्वभरी फैलिएको कोराना भाइरस (कोभिड १९) को समयमा स–साना योजानालाई थाती राख्दै रोगथामको नियन्त्रण, लगडाउनको पालानाका साथ, सामाजिक दूरी कायम गरी केही गौरवका योजना मात्रै सञ्चालन गरीएको नगरप्रमुख शाहीले बताए ।

मुगुमा खेलकुदका कार्यक्रम गर्दा होस् वा अन्य सार्वजनिक कार्यक्रम गर्नुपर्दा श्री महाकालि माध्यामिक विद्यालयको प्राङ्गणमा गर्नुपर्ने र विद्यार्थिकोे पठनपाठनमा समस्या हु्ने भएकाले मुगुमा सभाहलको आवश्यकता महशुस गरी छठौँ नगर सभाबाट बिनियोजित रक बाट क्रमवद्ध रुपमा सम्पन्न हुने गरी सभाहलको निर्माण कार्य सुरु गरीएको हो ।

रारा जान चाहाने पर्यटकको लागि तलितुम लामाचौर पासाहाल्नको सडक छिटो र छरितो हुने भएकाले पर्यटन मार्गको रुपमा निर्माण गर्न लागिएको छायाँनाथ रारा नगरपालिाकाले जनाएको छ । पर्यटन पदमार्ग रारा जोडीए रारा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने छ । सभाहल र कर्भड हल निर्माण भए खेल क्षेत्रको विकास हुने नागरिक अगुवा बताउँछन् ।

प्रतिक्रिया