आगलागीबाट मृत्यु हुनेको संख्या तीन पुग्यो

काभ्रे । ग्यास लिक हुँदा पाँच जाना घाइते भएका मध्ये मृत्यु हुनेको संख्या ३ पुगेको छ । गत जेठ १६ गते बनेपा नगरपालिका– ७ स्थित तरकारी बजारमा बिहानको ६ः३० बजेको समयमा रत्नकुमार ठकुरीको घरको ३ तल्लामा ग्यास लिक भएर आगलिगी हुँदा ५ जना घाईते भएका थिए ।

लगत्तै घाइतेहरुलाई बनेपा शिर मेमोरियल अस्पतालमा लागिएको र उक्त अस्पतालले सोही दिन कीर्तिपुर रिफर गरेको थियो ।

घाइते भएका मध्ये मृत्यु हुनेमा वर्ष १६ का आयुष शाह ठकुरी, २६ वर्षिय रुकेस भनिने सुशील शाह ठकुरी र बुधबार उपचारकै क्रममा १४ वर्षका अनिस शाह ठकुरीको पनि निधन भएको छ । अन्य दुईजना रचना शाह १८ महिने शिशु र २४ वर्षीया सोफिया ठकुरीको उपचार भइरहेको छ ।

प्रतिक्रिया