ग्यास लिक हुँदा पाँच घाइते मध्ये दुईको मृत्यु

काभ्रे । ग्यास लिक हुँदा ५ जाना घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ । गत जेठ १६ गते काभ्रे जिल्लाको बनेपा नगरपालिका– ७ स्थित तरकारी बजारमा बिहानको ६ः३० बजेको समयमा रत्नकुमार ठकुरीको घरको तीन तल्लामा ग्यास लिकेज भएर आगलिगी हुँदा ५ जना घाईते भएका थिए ।

लगत्तै घाइतेहरुलाई बनेपा शिर मेमोरियल अस्पतालमा लागिएको र उक्त अस्पतालले सोही दिन कीर्तिपुर रिफर गरिएको थियो । घाईते भएका मध्ये मृत्यु हुनेहरु मा वर्ष १६ का आयुष शाह ठकुरी र २६ वर्षिय रुकेस भनिने सुशील शाह ठकुरी रहेको बताइको छ ।

अन्य ३ जना अनिश शाह वर्ष १४ का, रचना शाह १८ महिने शिशु र सोफिया ठकुरी वर्ष २४ वर्षीयाको उपचार भइरहेको छ ।

प्रतिक्रिया