सशस्त्र प्रहरीद्वारा तस्करीका सामान नियन्त्रण

लहान । सिरहामा सीमा सुरक्षासहित कोरोना रोकथाम तथा नियन्त्रणका लागि व्यापकरुपमा सशस्त्र प्रहरीको उपस्थिति रहँदा पनि लकडाउनको समयमा तस्करी बढदै गएको पाइएको छ ।

जिल्लाका सबै सीमानाकाहरुमा आवतजावतमा पूर्ण रोक लगाइएपनि उक्त तस्करी नियन्त्रणगर्नका लागी सशस्त्र प्रहरी बल नेपाल FOB आभेनगरका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक रोहित भुजेलले सक्रियता देखाएको छ ।

यसै क्रममा भगवानपुर गाउँपालिका– ४ आभेनगरबाट भारतबाट अबैधरुपमा खेत हुँदै लुकि छिपि ल्याउदै गरेको १ लाख १५ हजार मूल्य बराबरको खैनी (सुर्ती) ५ बोरा लगायत समानहरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको सामानहरु आवश्यक कारवाहीको लागि भन्सार कार्यालय ठाडि पठाइने सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया