विभिन्न तहका भत्ता खारेज

काठमाडौं । विभिन्न तहमा दिइँदै आएका भत्ता खारेज गरिएको छ । आज आर्थिक वर्ष ०७७–०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वराज खतिवडाले कोरोनाविरुद्धको लडाईँमा फ्रन्टलाइनमा खटिएका बाहेक सबैको भत्ता साउन १ गतेबाट खारेज हुने जानकारी दिए ।

बैठक भत्ता, खाजा भत्ता, सेमिनार भत्ताका साथै इन्धन खर्च बापत पाइने अतिरिक्त रकम खारेज गरिएको अर्थमन्त्रीले बताए । साथै, प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्तालगायतका भत्ता पनि कटौती भएको छ । भ्रमण भत्ता, इन्धन, फर्निचर, नयाँ सवारी खरिदमालगायतमा पनि बजेट कटौती भएको खतिवडाले बताए ।

प्रतिक्रिया