रुकुमका हत्यारालाई कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । हत्यारालाई कडा कारबाहीको माग गर्दै आज माइतीघरमा विरेध प्रदर्शन गरिएको छ । मंगलबार दलित अधिकारकर्मी तथा अन्य क्षेत्रका व्यक्तिहरुले रुकुम पश्चिमको चौरजहारी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई बडा कारबाहीको माग गर्दै माइतीघरमा विरेध प्रदर्शन गरिएको हो । उक्त प्रदर्शनमा नेपाली कांग्रेसका पूर्व सांसद राजिवविक्रम शाही र दलित आयोगका पूर्व सदस्य मञ्जित ताम्राकार लगायतको उपस्थिति रहेको थियो । अहिलेको २१ औँ शताब्दीमा पनि जातीय विभेदका नाममा हुने यस्ता अमानवीय घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको उनीहरुले माग गरेका छन् । दलित आयोगका पूर्व अध्यक्ष ताम्राकारले मृतकलाई शहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिलाउनुपर्ने र पीडकलाई कडा कारवाही गर्नुपर्ने बताए । गत शनिबार रुकुम पश्चिममा प्रेमिकासँग विवाह गर्न साथीसहित आएका जाजरकोट भेरी नगरपालिकाका नवराज विकसहित तीन जनाको केटी पक्षको आक्रमणबाट जोगिन नदीमा हाम फाल्दा मृत्यु भएको छ ।

प्रतिक्रिया