कालिकोटका पत्रकारलाई राहत

कालिकोट । कोरोना भाईरसको कारण देशमा लकडाउन भएपछि समस्यामा परेका नागरिकलाई सरकारले राहतस्वरूप खाद्यान्न सामग्री वितरण गरिरहेको छ । साथै, जिल्लामा क्रियाशील पत्रकारहरूलाई पनि राहत वितरण गरिएको छ । गाँँउबाट सदरमुकाम आएर डेरामा बसेका पत्रकारीता गर्ने जिल्लाका विभिन्न सञ्चार माध्याममा कार्यरत पत्रकारहरूलाई आइतबार खाद्यान्न सामग्री राहतस्वरूप वितरण गरिएको हो ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश सदस्य बिस्नप्रसाद न्यौपानेको पहलमा नेपाल तरुण दल कालिकोटका कार्यबाहक अध्यक्ष तथा हाल अमेरीका बसोबास गर्ने राजकुमार हमाल, जिल्लाका युवा व्यवसायीहरू दिनेश शाही, नमराज बुढा र उद्धव बरालको पहलमा क्रियाशील २१ जना पत्रकारहरूलाई राहत वितरण गरिएको हो ।

नेपाल पत्रकार महासंघ कालिकोटको शाखामार्फत सबै पत्रकारहरूलाई वितरण गरिएको छ । राहत वितरण गर्ने राजकुमार हमाल अमेरीकाको नेपाली जनसम्पर्क समिति विन्स्क्न्सन च्याप्टरका उपाध्यक्ष हुन् भने दिनेश शाही ग्लोबल अटोपार्टसका सञ्चालक हुन्, नमराज बुढा कालिकोट उद्योग वाणिज्य संघका सदस्य तथा जिएन कम्यूनिकेशन एण्ड मोबाईल ग्यालरीका सञ्चालक हुन् ।

यस्तै, उद्धव बराल हिमशोभा जनरल स्टोरका सञ्चालक हुन् । नेता हमालले लकडाउनका बेला गृह जिल्लाका पत्रकारहरूलाई समस्या नहोस् भन्ने उद्देश्यले सहयोग गरेको बताए । उनले जिल्लाका ग्रामिणमा समस्यामा परेका नागरिकहरूका लागि पनि आफूले सक्दो सहयोग गर्ने बताए । यस्तै, युवा व्यवसायी दिनेश शाहीले विपद्को समयमा आफ्नो ज्यानको जोखिम मोलेर नागरिकलाई सुूसुचित गर्न फिल्डमा खटिने पत्रकारहरूलाई सहयोग गरेको बताए ।

त्यस्तै, युवा व्यवसायी नवराज बुढा र उद्धव बरालले पनि आफूहरूले सधै दुखी, पीडित नागरिकको पक्षमा कलम चलाउने श्रमजीवी पत्रकारहरूलाई सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे । राहत वितरणमा नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डेले विपद्का बेला ज्यान जोखिममा राखी फिल्डमा काम गर्ने पत्रकारहरूलाई राहत प्रदान गरेकोमा सहयोगी सबैलाई धन्यबाद दिए । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश सदस्य बिस्नप्रसाद न्यौपानेले डेरामा बसी पत्रकारीता गर्नुको पीडा आफैले पनि भोग्नु परेकाले क्रियाशील पत्रकारहरूलाई राहतका लागि पहल गरेको बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया