अत्यधिक रक्तश्रावबाट गर्भवतीको मृत्यु

अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं ९ पाथ्रावाङ्गकी गर्भवती देवी विकको अत्याधिक रक्तश्राव हुँदा मृत्यु भएको छ ।

एक्कासी रक्तश्राव भएपछि उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लैजाँदै गर्दा बाटैमा २९ वर्षीय गर्भवतीको आइबार साँझ मृत्यु भएको स्थानीय वसन्तकुमार विकले जानकारी दिए ।

उनका तीन छोरी रहेका छन् । हाल उनको पति रोजगारीका लागि भारतमा रहेका छन् । उनकी कान्छी छोरी १८ महिनाकी भएकी छन् ।

प्रतिक्रिया