गरिबलाई सहयोग गर्दै प्रदेशसभा सदस्य शाही

कालीकोट । कर्णाली प्रदेशसभा सदस्य कुर्मराज शाही नागरिकहरूका समस्या बुझ्न गाउँ बस्तीमा पुगेका छन् । जिल्लाको शुभकालिका गाउँपालिकाबाट सुरु गरिएको सो अभियान आफ्नो निर्वाचन क्षेत्रभर रहेन शाहीले बताए ।

उनले कोरोना भाइरसबाट त्रसित नागरिकहरूलाई सचेत गराउँदै केही आर्थिक सहयोग पनि गरेका छन् । यस्तै, शुभकालिका गाउँपालिकामा सहयोग गर्दै प्रदेशसभा सदस्य शाही महावै गाउँपालिकामा प्रस्थान गर्न लागेका छन् ।

महावै हुँदै तिलागुफा नगरपालिका, खाँडाचक्र नगरपालिकामा पुग्ने उनको योजना रहेको छ । विश्वभर फैलिएको कोरोना भाइरसबाट आफू बच्न र अरुलाई पनि बचाउँन कर्णाली प्रदेश सरकारले महत्वपूर्ण योजना ल्याएको शाहीको भनाई छ ।

प्रतिक्रिया