लक्ष्य प्राप्त गर्ने तरिका

सन्तोष लामा, मोटिभेसनल स्पिकर

जिबनमा हरेक मान्छेले आफ्नो जिबनमा लक्ष्य बनाएका हुन्छन्,चाहे सानो होस या ठुलो । र त्यसै लक्ष्य अनुरुपकोही सफलतापूर्वक अगाडी बढिरहेक हुन्छन भने कोही स- साना लक्ष्य पनि पुरा गर्न सक्दैनन । तर म यस अध्याएमा सानो लक्ष्य भन्दा पनि जिबन परिवर्तन गर्ने जिबनलाई एक उचाइमा लाईजाने लक्ष्यको बारेमा कसरी लक्ष्य निर्धाराण गर्ने र त्यसलाई कसरी प्राप्त गर्ने भन्ने बिसयमा भन्ने छु ।

जिबनमा लक्ष्य पहिल्याउन आफ्नो क्षमता र आफ्नो इच्क्ष्री हुनुपर्दछ । यसै कुरालाई सार्थक्ता बनाउन फ्रान्सकाएक महान बक्ता जसको जन्म इसा पूर्व १२ अक्तुबर ३८४मा भएको थियो, उनि सानै उमेरमा अनाथ भएका थिए । उनलाई आफ्नो हजुरबुवाले पालेका थिए । उनले पछी गएर आफु प्रख्यात बन्ने वक्ता बन्ने सोच बनाएका थिए ।

जब उनि ठुलो हुँदै गए उनको वक्ता बन्ने सोच झानै बढ्दै गयो र उनले वक्ता बन्नको लागी के के गर्नु पर्छ भन्ने कुराको अध्ययन र खोज गर्न थाले धेरै वक्ताहरुको पनि भाषण पनि सुने र ति सबै जानकारिमुलक कुराहरु एकठ्ठा गरे पछी उनले ति सबै कुराहरुको अभ्यासमा लाग्न थाले ।

जब जब उनि तयारी गर्थे तबा उनलाई धेरैनै तनब हुन्थ्यो किनकी अरुले बोलेको जस्तो उनलाई सहज लाग्दैन थियो किनकी उनि सानै देखी भकभके अर्थआत बोल्दा लरबाराउठे यि समस्याले उनलाई निराश तुल्याउथ्यो । महिनौ उनले एना अगाडी अभ्यास गर्थे तैपनी उनि आफुलाई निराश नै हुन्थे । अन्तत उनले निर्णेय नै गरेकी अब जसरि हुन्छ वक्ता बनेरै छाड्ने त्यसको लागी उनले आफ्नो टाउकोको आधा कपाल नै काटिदिए ताकी त्यस्तो रुप लिएर बाहिर निस्कन नपरोस ।

अन्तत उनि पछी गएर प्रख्यात वक्ता बने पछी उनि त्यहाँका राजाका सलाहकार समेत बने ति ब्यक्ती हुन डेमोस्थेनिस । यिनको बारेमा तपाइले गुगल मा पनि थाहा पाउन सकिन्छ । यो कथाबाट हामिले आफ्नो लक्ष्य कसरी प्राप्त गर्न सकिन्छ भन्ने पाठ पाउन सकिन्छ ति कुराहरु यस प्रकार छन ।

 

१) आफ्नो लक्ष्य पहिचान गर्नुहोस ।
सफलताको लागी त पहिलो आबस्यक कुरा भनेको नै आफ्नो लक्ष्य पहिचान गर्नु हो । जसरि कुनै गन्तब्यबिना गाडी व सवारी साधनमा जान सक्दैनौ, त्यस्तै तपाइको जिबनको गन्तब्य बिना तपाईंको जिबनको गाडी चल्दैन । त्यसैले आजै अहिले बाटै आफ्नो लक्ष्य पत्ता लगाइहाल्नुहोस ।

२) बाटो पत्ता लगाउनुहोस ।
पहिलो तपाइले लक्ष्य निर्धारण गरिसकेपछी अब, त्यो लक्ष्य प्राप्त गर्न के के सिध्दान्तहरु अपनाउने हुन त्यसको खोजी गर्न थाल्नुहोस ।कस्ता ब्यक्ती हरु सँग सँगत गर्ने हो कस्ता कुराहरुसिक्नु पर्ने हो आदी इत्यादी कुरहारुको जानकारी लिनुहोस । सबै जानकारिहरुल्लाई एकठ्ठा गर्णुहोस ।

३) अभ्यासमा लाग्नुहोस ।
जसरि डेमोस्थेनिसले आफु प्रख्यात वक्ता बन्न अभ्यासमा लागेका थिए, त्यसरि नै अब तपाईंले एकठ्ठा गरेर जम्मा पार्नु भएको जानकारी अनुसार फलो गर्नुहोस । अधिकाश मानिसले जिबनमा लक्ष्य निर्धाराण गर्छन लक्ष्य कसरी हासिल गर्ने भन्ने कुराको जानकारी पनि लिन्छन तर ९५% भन्दा बढी मानिस हरु यो अवस्थामा आएर रोकिन्छन्, र त जिबनमा सोचेको कुरा प्राप्त गर्न सक्दैन यानिकी आफ्नो लक्ष्य प्राप्त गर्दैनन । लक्ष्य पुरा गर्ने सबैभन्दा चुनौती पुर्ण अवस्थाअ नै यही हो । त्यसैले यो समयमा ठुलो निर्णय लिएर आत्मसन्यम भएर कार्य गर्नु पर्दछ ।

यो समयमा किन निराश अनि हरेस खान्छन त मानिश हरु ?
यसको पनि तीन प्रमुख कारणहरु छन्,पहिलो हो डिस्ट्य्राक्सन यानिकी बहकिनी वा अनाकर्षित हुनु किनकि आजको समय भनेको मोबाईलाका कारण फेसबुक्, टिकटक्, ह्वाट्सएप आदिले हाम्रो ध्यान केन्द्रीत गर्न देको छैन अर्थअत आफ्नो लक्ष्यमा फोकस हुन नै दिरहेको छैन। अधिकाश समय यि फाल्तु चिज मा गैरहेको छ ।अर्को दोस्रो भनेको थोरै प्रतिफल किनकी कुनै पनि कामको शुरुवाती समयमा आफ्नो मिहिनेत को भन्दा फाइदा कम नै आउने गर्छ यसलाई धैर्यता साथ अघी बढ्नु पर्दछ । पछी यस्तो समय आउछ तपाइको मिहिनेत भन्दा ज्यादा नै प्रतिफल आउन थाल्छ । त्यसैले प्रतिफल आएन भनेर आफ्नो लक्ष्य बदल्नु हुन्न । अनि तेस्रो हो तपाइको सङ्कल्पको कमी । जसरि डेमोस्थेनिसले आफ्नो लक्ष्री प्राप्त गर्न सङ्कल्पका साथ आफ्नो कपाल नै काटेका थिए थिए । त्यस्तैनै तपाइले नि आफ्नो लागी सङ्कल्प गर्न जरुरी छ ।

यी माथी दिएका र भनिएका कुराहरुलाई तपाइले फलो गर्नुभयो भने तपाइलाई तपाइको लक्स्य प्राप्त गर्न ठुलो मद्दत पुग्नेछ । स्मरण रहोस हरेक मान्छेले जिबनमा लक्ष्य त बनाउछन तर उक्त लक्ष्य प्राप्त गर्नलाई भने आफुलाई तयारी गर्दैनन्, तर तपाइको सवालामा भने यो कुरा लागु नहोस ।

 

तपाइको शुभ चिन्तक सन्तोष लामा ।
[email protected]

प्रतिक्रिया