कोरोना नियन्त्रणमा एक करोड दिने सांसद महतोको घोषणा

सर्लाही । कोरोना भाइरसको महामारी नियन्त्रण तथा सम्भावित संक्रमणलाई रोकथाम गर्नका लागि एक करोड रुपैयाँ सहयोग गर्ने सर्लाही निर्वाचन क्षेत्र नम्बर १ (क) बाट राजपा नेपालको तर्फबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सांसद उपेन्द्र महतोले घोषणा गरेका छन् ।

प्रदेश २ सरकारद्वारा गठित राहत कोषमा उनले आफ्नो प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र विकास कोषबाट एक करोड़ रुपैयाँ दिने जानकारी गराए ।

सांसद महतोले भने, ‘यसका लागी प्रदेश सरकारले प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रम संचालन कार्यविधि संशोधन गर्नुपर्ने हुन्छ, र मैले प्रदेश सरकारसँग कार्यविधि संशोधन गर्ने मागसमेत गरिसकेको छु ।’

प्रतिक्रिया