स्पेनमा चार नेपाली कोरोना संक्रमित

कोरोना भाइरसको धेरै प्रभावित देखिएको स्पेनमा रहेका चार नेपालीमा कोरोना संक्रमण भएको छ।

स्पेनको क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका चार नेपालीमा कोरोना पोजेटिभ भएकाले उनीहरुको अहिले उपचार जारी छ। बार्सिलोनाको साग्रादा फ्यामिलियामा बस्दै आएका एक नेपालीको सान्पाओ अस्पतालमा उपाचार हुँदैछ। अन्य तीनजना हस्पितालेद क्षेत्रका हुन्।

उनीहरु स्थानीय अस्पतालमा भर्ना भएका छन्। संक्रमित नेपालीहरुको विवरण गोप्य र।ाखिएको छ । चारैजना संक्रमित पुरुष भएको एजेन्सीले जनाएको छ । संक्रमितको अवस्था सामान्य रहेपनि उनीहरु सबैलाई आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको छ।

स्पेनस्थित नेपाली राजदूत दावाफुटी शेर्पाले नेपालीहरु संक्रमित भएको जानकारी दूतावासलाई आएको बताएकी छन्।

प्रतिक्रिया