कान्तिपुर पब्लिकेसनको सबै प्रकाशन बन्द

काठमाडौं । कोरोना प्रभावका कारण लकडाउनको स्थिति आएपछि राष्ट्रिय दैनिक पत्रिकाको मुद्रण शनिबारदेखि केही दिनका लागि बन्द हुने भएको छ । कान्तिपुरसँगै काठमाडौं पोष्ट, नेपाल साप्ताहिक, नारी र साप्ताहिक पनि केही दिन नछापिने कान्तिपुरका पब्लिकेसनका प्रकाशकले जनाएका छन् ।

कोरोनाको जोखिमले प्रिन्ट मिडियामा संकट आउन थालेको छ । यसअघि नै साप्ताहिकरुपमा प्रकाशित हुँदै आएको हिमाल खबर पत्रिका पनि बन्द भएको थियो । यस्तै राजधानी बाहिरका विभिन्न जिल्लाबाट प्रकाशित हुँदै आएका पत्रिकाहरु पनि धमाधम बन्द हुन थालेका छन् ।

पत्रिकाबाट कोराना भाइरस सर्न सक्ने भन्दै प्रकाशित हुँदै आएका पत्रिकाको वितरणमा समेत समस्या देखएिको छ । यस्तै लकडाउनका कारण पत्रिकाको वितरणमा पनि समस्या देखिएको छ ।

प्रतिक्रिया